गल्कोट नगरपालिकाव्दारा बाढी पहिरोबाट बिस्थापित परिवारलाई १ लाख ७० हजार राहत बितरण !

घनश्याम गौतम, गल्कोट २०७५ साउन ७ । गल्कोट नगरपालिकाले आज एक कार्यक्रमका बिच १७ जना प्राकृतिक बिपदबाट बिस्थापित परिवारलाई राहत बितरण गरेको छ । गत असार ३ गते र ११ गतेको अबिरल बर्षाले गलकोट क्षेत्रमा भएको बाढी पहिरोबाट बिस्थापित परिवारलाई आज गल्कोट नगरपालिकाको कार्यालयबाटै राहत बितरण गरिएको हो ।

राहत बितरण गदैं नगर प्रमुख भरत शर्मा गैरेले बिपतको अबस्थामा बिस्थापित र प्रभाबितहरुको साथमा नगरपालिका रहेको आभाष दिनको लागी राहत सहयोग गरेको बताए । उनले राहत रकम न्युन रहेको भएपनि उक्त रकमको सहि सदुपयोग गर्न आग्रह समेत गरे ।

गल्कोट नगरपालिकाका बिभिन्न स्थानमा भएको बाढी पहिरो प्रभाबितलाई नगरपालिकाले तत्कालको ब्यबस्थापनको लागी नगद रु १० हजारका दरले सहयोग रकम उपलब्ध गराएको प्रशासकीय अधिकृत प्रदीप चन्द्र सुबेदीले जनाकारी दिए ।

राहत रकम गल्कोट नगरपालिका बडा नम्बर १ का कृष्ण बहादुर कुबर, डिल बहादुर छन्त्याल, बडा नम्बर २ का मान बहादुर नेपाली, यम बहादुर सार्की, बडा नम्बर ४ का भवी कुमारी दर्जी, बडा नम्बर ५ का यम बहादुर बस्नेत, डम्मर कृुमारी मल्ल, तारासिंह खत्री, हरिकला खड्का, बडा नम्बर ६ का श्याम बहादुर सार्की, दल बहादुर पाण्डे, रुपा गौमती बुढाथोकी, खरिमाया नेपाली, टेक बहादुर श्रीस, बडा नम्बर ७ का हिरा बहादुर थापा र बडा न्मबर ७ का चन्द्र बहादुर बिक लाई राहत स्वरुप नगद १०÷१० हजारका दरले १ लाख ७० हजार रुपैया बितरण गरिएको थियो ।

कार्यक्रम प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *