गुल्मी शान्तिपुरमा ७० वर्षिया बृद्धाले यौन सम्पर्क राख्न नमानेपछि मुक्का प्रहार गरी हत्या !

प्रेम सुनार, गुल्मी २०७५ साउन ७ । केहि दिन अघि गुल्मीको चन्द्रकोट गाउँपालिकामा एक पुरुषले पशुतुल्य अपराध गरेका छन । स्थानियका अनुुसार यहि साउन ४ गतेका दिन छोरा उमेरको पुरुषले मदिराको मातमा आमा उमेरकी ७० वर्षिया बृद्धा संग यौन सम्पर्कको प्रस्ताव राखेका थिए । ती बृद्धाले नमाने पछि त्यो उन्मत्त पुरुषले उनलाई मुक्का प्रहार गरी हत्या गरेको घटना आज सोमवार यहाँको प्रहरीले खुलासा गरेको हो ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ , शान्तिपुर, डाँडा बनकी ७० वर्षिया बृद्धालाई सोही स्थानको ४२ वर्षिय गोकुल सार्कीले त्यसरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार व्दिवेदीले जानकारी दिए ।

सो प्रहरीले दिएको प्रेस विवरण अनुसार निजले उक्त दिन साँझ ७ वजेको समयमा ती बृद्धा संग यौन सम्पर्कको प्रस्ताव राखेका थिए । ती बृद्धाले अस्वीकार गरे पछि निजले कण्चट र छातीमा मुक्का प्रहार गरी हत्या गरेका थिए ।

उनको त्यसरी मृत्यु भएको खवर पाउना साथ चन्द्रकोट ईलाका प्रहरी कार्यालका सई अमरबहादुर मिदुन र यता जिल्ला प्रहरी कार्यालयबाट सई शिवबहादुर खत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटना स्थलमा पुगेर आज शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याएको छ ।

निज अभियुक्तलाई पनि पक्राउ गरी थप अनुसन्धान पृकृया अगाडी बढाईएको प्रहरी प्रमुख व्दिवेदीले बताए । आज मुद्दा दायर गर्न आएको मृतकका आफन्तका अनुसार मृतकका श्रीमान ९ वर्ष अघि मृत्यु भएको थियो । धेरै जसो समय तिनै बृद्धाको घरमा काम गर्ने , खाने–बस्ने गर्दै आई रहेका थिए ।

उनकैमा मदिरा सेवन समेत गर्दथे । निज अभियुक्तको घरमा श्रीमती चार छोराहरु र नाती समेत रहेको स्थानीयले बताए । मृतकका तिन छोरी र एक छोरा रहेका छन । उनको उमेर ७० वर्ष पुगे पनि नागरिकताको हिसावले भने ६९ वर्ष रहेको स्थानियले बताए ।

दुई दिनमा दुई जँड्याहव्दारा दुईको हत्या

गुल्मीमा साउने सक्रान्ति पर्वको दुई दिने जाँड खुवाई विकृतिले दुई स्थानमा दुई जना कुटेर मारिएका छन । साउन २ गते छत्रकोटमा र ४ गते शान्तिीपुरमा ती बृद्धा । छत्रकोट गाउँपालिका २, पल्लीकोटमा ३४ वािर्षय शेरबहादुर राकसकोटीलाई छिमेकी ३४ वर्षिय रुकबहादुर राकसकोटीले उक्त दिन पैसा चोरेको भन्दै कुटपिट गरेका थिए ।
अर्को दिन राकासकोटीको मृत्यु भएको थियो । उनिहरु दुवै साउने सक्रान्तिकोको दिन देखि रक्सीले टिल थिए । दुवैको पसल थियो । दुवै मिल्ने साथी भाई पनि थिए । आरोपी पक्षधरले सामन्य हातपात भनेर बचाउ गरे पनि मृतकका शरिरभरी निला डाम हुने गरी कुटे प्रष्ट देख्न सकिन्छ ।
आरोपी राकसकोटीलाई पनि पक्राउ गरी अदालतमा मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ । साउने सक्रान्तिको अघिल्लो दिन देखि तिन चार दिन सम्म घरेलु मदिराले टिल पर्ने र तास खेल्ने चलन अझै गाउँमा रहेको छ ।

भाई भाई विच झगडा परेको र आवेशमा आई घापे दाउरोले टाउकोमा हानेर दाजुको हत्या गरेका थिए ।
तस्वीरः घटना स्थल शान्तिपुर ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *