म्याग्दी मंगला गाउँपालिकाका पाईजा हतियार सहित काठमाडौँमा पक्राउ !

म्याग्दी २०७५६ साउन ६ । म्याग्दी मंगला गाउँपालिका-१ घर भै हाल काठमाडौं महानगरपालिका(२६ टाउन प्लानिङ डेरा गरी बस्ने ६० वर्षीय राम बहादुर पाईजालाई सोह्रबोरको एकनाले बन्दुक १ थान र ७ राउण्ड गोली सहित प्रहरीले शनिबार पक्राउ गरेको छ ।

निज पाईजा र धादिङ छत्रेदेउराली(९ घर भएकी ३५ वर्षीया महिला सँग झै(झगडा हुँदा पाईजाले आफ्नो नाममा दर्ता रहेको उक्त हतियारले हानी दिन्छु भनी धम्की दिए पछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले पाईजाको कोठामा रहेको उक्त हतियार सहित उनलाई नियन्त्रणमा लिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *