नेपाल मावि ताराको ४८ वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न !

पूर्णभद्र निउरे, बागलुङ २०७३ फागुन १७ । नेपाल माध्यमिक बिद्यालय ताराको ४८ औं बार्षिकोत्सब तथा अभिभावक दिवस विभिन्न आन्तरिक तथा बाह्य कार्यक्रम सहित आज सम्पन्न भएको छ ।

बार्षिकोत्सबको समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालय बाग्लुङ का प्रतिनिधि तथा तारा स्रोत केन्द्रका स्रोत ब्यक्ति डिल्ली प्रसाद शर्मा पौडेलले बिद्यालयको सम्पूर्ण पक्षको बिकासका लागि शिक्षक, बिद्यार्थी र अभिभावकहरुको सम्बन्ध सुमधुर हुनु पर्ने कुरामा जोड दिदै गुणस्तरीय शिक्षा प्राप्तीका लागि अभिभावकहरुको सक्रियताले महत्त्वपूर्ण भुमिका खेल्ने हुदा बिद्यालय र बालबालिकाको पढाई प्रति निरन्तर चिन्तित रहन अभिभावकलाई आग्रह गरेका थिए ।

कार्यक्रममा माओबादी केन्द्रका केन्द्रिय सदस्य प्रकाश घर्ती, अर्गल माबि अर्गलका बि ब्य स अध्यक्ष दिल बहादुर घर्ती , बिद्यालयका संयोजक थम प्रसाद रोका, बि ब्या स सदस्य सीता सापकोटा , शिक्षक अभिभावक संघ सदस्य धन प्रसाद बुढा मगर ,बिद्यार्थि मनिसा सापकोटा लगायत ले मन्तव्य व्यक्त गरेका थिए भने बिद्यालय का प्र अ भिमनाथ सुवेदीले बिद्यालय को प्रतिबेदन प्रस्तुत गरेका थिए।

बार्षिकोत्सबको अबसरमा बिद्यालयका आन्तरिक कार्यक्रम अन्तर्गत बेलुन फाइट, चक्लेट टिपाइ, बोरा डौड, चम्चा डौड , म्युजिकल चियर , २सयर४सयर८ सय र१५ मिटर छात्र र छात्रा दौड र छात्रा तथा छात्र भलिबल साथै स्रोत केन्द्र भित्रको अन्तर प्रा बि स्तरीय पदम चन्द्र स्मृति हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको बिद्यालयले जनाएको छ ।

सो अबसरमा प्रतियोगिताका बिजयी विद्यार्थी र शैक्षिकसत्र २०७२ को बार्षिक परीक्षा का उत्कृष्ट स्थान हासिल गर्ने बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो। समापन कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर खत्रीको अध्यक्षता शिक्षक राम लाल सुबेदि को संचालन र शिक्षक नवीन भट्टराई को स्वागत मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.