मुक्तक : मैले अर्कैको सिन्दुर लाको देखेसी के हुन्छ ?

मनमुटुमा सजाउने अब आश नदेखाउ
संगै जिउछु भन्ने पनि बिस्वास नदेखाउ।
तिम्रा हरेक बचनले मेरो मुटु रेटेको छ हेर
झुटो तिम्रो माया अब यहाँ खास नदेखाउ।
***
अजम्बरी मायाको कुरा गर्नेले भुल्दैछ किन ?
फुलमा भमरा डुले झै गरि अन्तै डुल्दैछ किन ?
जस्लाइ मैले हृदय देखि मन पराउछु अझै पनि
उहीँ मान्छे पराइ संग मस्किदै खुल्दैछ किन ?
***
तिम्रो मेरो जीवनको कहानी लेखेसी के हुन्छ ?
मनको ब्यथा मनमा राखी छेकेसी के हुन्छ ?
सोच्न त धेरै कुरा सोच्यौ होला सानू तिमीले
मैले अर्कैको सिन्दुर लाको देखेसी के हुन्छ ?
***
छियाछिया मुटु भाछ अझै छुरा रोपेर जादैछु ।
कोमल यो मनलाई कठोर बनाइ खोपेर जादैछु ।
जसरी आमाले नौ महिना सम्म कोखमा राख्छिन
त्यसरी नै मैले पनि सबको माया तोपेर जादैछु

सबिता खत्री जिज्ञासु
ताराखोला गाउपालिका ३ बाग्लुङ
२०७५ साउन ६ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *