स्ववियु निवार्चनको तयारी पूरा : आवश्यक परे प्रहरी/प्रशासनको सहयोग लिईने !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फागुन १७ । त्रिभुवन विश्वविद्यालय धौलागिरि बहुमुखी क्याम्पस बागलुङको भोलि हुने स्ववियु विवार्चनको तयारि अन्तिम चरणमा पुगेको निवार्चन अधिकृत डा. दीनबहादुर थापाले बताएका छन्।

यही १८ गतेहुन गईरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धौलागिरि बहुमुखी क्याम्पसमा विभिन्न ५ समुहका १९ प्रत्यक्ष उमेदवारहरुको उमेदवारी दर्ता भएको छ । त्रिभुवन विश्वविद्यालयको निवार्चन तालिका अनुसार मंगलबार सम्म सम्पुर्ण तयारी भएको र बुधबार १८ गते मतदान प्रक्रिया अगाडी बढाउने बताईएको छ ।

निर्वाचन सम्पन्न गर्नकोलागी धौलागीरी बुहुमुखी क्याम्पसका १ सय १० कर्मचारीहरु सबैलाई परिचालन गरिने बताईएको छ । आवश्यकता अनुसार प्रहरी प्रशासनको पनी सहयोग लिईने छ ।

बुधवार चुनावमा क्याम्पको पच्छिमतर्फको ढोकाबाट विद्यार्थी तथा मतदाता प्रवेश र पुर्वी ढोकाबाट बाहिरीने व्यावस्था मिलाईएको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *