सुमन जि.सी. बागलुङ २०७३ पुस १९ । तित्याङ गाविस वडा नं. ९ मा रहेको शिवालय प्राथामिक विद्यालयको ५३ वार्षिकोत्सव तथा अभिभावक दिवस त्रिदीवसीय कार्यक्रम सहित सोमवार सम्पन्न भएको छ ।
२०७३ पौष १७ गते देखी शुरु भएको कार्यक्रमको मुल समारोहको आज उद्घाटन गर्दै प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालय बागलुङका शाखा अधिकृत सरितादेवी गौतम पौडेलले विद्याथीहरुलाई विषयगत शिक्षासंगै नैतीक तथा सामाजिक क्षेत्रको व्यवहार पनि सिकाउनु पर्ने बताईन ।
पौडेलले विद्यालयको गुणस्तर बढाउन र विद्याथीहरुको अवस्थामा सुधार ल्याउनका लागि अभिभावकहरुले पनी ध्यान दिनुपर्ने बताएकी थिईन ।
कार्यक्रममा रातमाटा श्रोतकेन्द्रका श्रोत व्यक्ति ढकवहादुर पुन, तित्याङ श्रोतकेन्द्रका श्रोत व्यक्ति उमनाथ अधिकारी, तित्याङ मा.वि. का प्र.अ कुमार उपाध्याय, कृष्ण प्रा.वि का प्र.अ जमुना बुढाथोकी थापा, भु.पु. प्र.अ. हिरवहादुर के.सी., वडा नागरीक मञ्चका हरिकला पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
वर्षिकोत्सव समारोहो अतिरीक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतीयोगितामा उत्कृष्ठ हुने विद्याथीहरुलाईे पुरस्कार तथा सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको आ.व. ०७२।०७३ को वार्षिक प्रतिवेदन र आ.व. ०७३।०७४ को अनुमानीत कार्यक्रम प्र.अ. घनश्याम खत्रीले प्रस्तुत गरेका थियो भने कार्यक्रमको स्वागत शिक्षक विद्यालक्ष्मी रिजाल र सञ्चालन शिक्षक सीता शर्माले गरेकी थिईन ।