हिन्दु धर्म भित्र मतभेद देखिनुले धार्मिक सम्प्रदाय नै भट्किने खतरा बढ्यो: स्वामि ज्ञानानन्द सरस्वति महाराज

भरत प्रसाद सापकोटा बिहुँ २०७५ साउन ६ । काँठेखोला गाउँपालिका ६ बिहुँकोट पौवाडाँडामा अवस्थित रामन्दिरको नयाँ भवनको शिलान्याश गरिएको छ।

बह्मलिन स्वामि एवं राष्ट्र शन्त श्री १००८ परमानन्द सरस्वति महराज जन्मेको उक्त स्थानमा स्वामी आफै ले २०५० सालमा स्थापना गरेको उक्त मन्दिर २०७२ सालमा गएको भुकम्पले क्षतविक्षत भएकोले उक्त मन्दिरको शिलान्यास गर्दै हरिहरसन्यास आश्रम देवघाट तनहुँका पिठाधीश्वर सन्त समाजका केन्द्रिय अध्यक्ष एवं त्रिपुरेश्वर महादेव मन्दिरका प्रधान संरक्षक समेत रहेका स्वामि ज्ञानानन्द सरस्वति महराजले अहिले हिन्दु धर्मभित्रै बिकृति देखिएको भन्दै भगवाको नाम फरक भए पनि जाने बिन्दु र प्राप्ति हुने विश्वास एउटै भएको बताउदै हिन्दु हिन्दुहरुले नै शिव भक्त रामभक्त कृंष्ण भक्तको संज्ञा दिएर आफ्नै धार्मिक सम्प्रदाय भित्र नै धार्मिक हिंसा भड्कन सक्ने भन्दै हिन्दु धर्म संरक्षण आम नेपाली जनताले चाँसो राख्नुपर्ने बेला आएको बताए।

उनले हामी आफै कमजोर बन्दै जादा डलर आड़मा लागेर हिन्दु धर्म मास्नेहरु लागिपरेको बताउदै नेपालीहरु को सांस्कृतिक र धार्मिक सभ्यता हराउन लागेकोमा आफु दुखी रहेको बताए। राष्ट्रप्रेमी स्वामि परमान्नदले देखाएको सद्मार्ग बाट देश तथा प्रदेश रहेका महामन्डलेश्वरहरुले समेत उहाँले आर्जन गरेको ज्ञानबाट प्रभावित भए तर हामी नेपालिहरुले नै उहाँले देखाएको मार्ग प्रशस्त गर्न नसक्दा हिन्दुँ धर्म आझेल पर्न लागेको पनि उनको भनाई थियो ।

सो मन्दिरका लागी हाल राज्य बाटै कुनै रकम नछुटिएको र स्थानियहरुको सहयोग सगै अब जनप्रतिनिधिहरु संग पनि पहल गरिदिन आग्रह गर्दै स्वामी आफैले रु ५१ हजार सहयोग समेत प्रदान गरेका थिए।

सो कार्यक्रममा वडा ६ का वडा अध्यक्ष युक्तप्रसाद कडेंल वडा ५ का वडा अध्यक्ष शिव कडेंल कार्यपालिका सदस्य जमुना कडेंल लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत संन्चालक समितिका अध्यक्ष टिकाराम कडेंल सभापतित्व पुर्व अध्यक्ष एवं समाजसेवि देउदत्त कडेल र सन्चालन सचिव हरिप्रसाद कडेंलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *