एकै रातमा चोरीका चार वारदात: शाकाहारी रेष्टुराँ गोविन्दाजबाट मात्र झण्डै लाख चोरी !

बागलुङ, २०७३ फागुन १७ । बागलुङ सदरमुकाममा जुवातास, अबैध मदिरा उत्पादन, बिक्री वितरण जस्ता असामाजिक कृयाकलापहरुका समाचार प्रकाशमा नआएको निकै समयपछी फागुन १५ गते बेलुकी सदरमुकामस्थित केहि वित्तिय संस्था लगायत केहि निजी पसलहरुमा सिलसिलेबार चोरीका वारदातहरु भएका छन् । सदरमुकाम बागलुङ बजारका थुप्रै स्थानहरु सीसीटीभी जडान भएको चुस्त अवस्थामा चोरीको वारदातलाई अन्जाम दिने चोरहरु कम चतूर रहेन छन् ।

बागलुङ बजार शिवधार चोकमा एक महिना पहिले उद्घाटित शाकाहारी रेष्टुराँ गोविन्दाज ।

नगरवासीहरु भन्छन्, “धेरै भयो कहिँ कतै जुवा तास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेकोे देखिएको छैन, केहि वर्ष यता लोकल रक्सी बनाउने स्थानीय होटल, भट्टी पसलहरुमा प्रहरीले छापा मोरको पनि सुनिएको छैन, लाग्थ्यो सदरमुकाम र आसपासमा असामाजिक गतिविधी नियन्त्रण भएछन् तर एक्कासी एकैरातमा भएका चोरीका सिलसिलेवार वारदातले भने झसंगै बनायो ।”

फागुन १६ गते दिन भर चोरीका यिनै घटनाहरुको समीक्षा गर्दैमा नगरवासीको समय बित्यो । कसैले भने सुरक्षा चुनौती त कसैले भने सामान्य तर अशुभ संकेत ! जेहोस, चोरीको वारदातले नगरवासीमा सन्त्रास त फैलियो नै, सरोकारवाला निकायलाई जगायो पनि ।

फागुन १५ गते आईतबारको मध्यराति बागलुङ बजार धौलागिरी चौक स्थित सांगृला बैँक, लालीगुराँस चोकमा रहेका शुभलाभ सहकारी संस्था तथा सगरमाथा सुनचाँदी पसल र शिवधाराचोकमा एक महिना पहिले मात्र अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ बागलुङले सन्चालनमा ल्याएको शाकाहारी रेष्टुँरा गोविन्दाजमा चोरीका वारदात भएका छन् । सांगृला बैँक र शुभलाभ सहकारी संस्थाले चोरी सम्वन्धमा स्थानीय प्रहरीलाई जानकारी दिएका छैनन् तर शाकाहारी रेष्टराँ गोविन्दाज र सुनचाँदी पसलले भने कार्बाहीकालागि जिल्ला प्रहरी कार्यालय बागलुङमा निवेदन दिएको प्रहरीले जनाएको छ ।

श्रोतका अनुसार सबभन्दा बढी गोविन्दाज रेष्टुराँबाट झण्डै एकलाख नगद चोरिएको छ । रेष्टुराँका सन्चालक परमेश्वर अच्युत दासका अनुसार रेष्टुराँको घर्रामा राखेको नगद ९५ हजार चोरले लगेछन् । उता सुनचाँदी पसलबाट भने चोरले केहि तोला चाँदी र केहि रति सुन लगेको बुझिएको छ । तर बैँक र सहकारीमा चोरहरुले ताल्चा तोडेर छोडेको (केहि नभेट्टाएको) प्रहरी श्रोतले बतायो ।

प्रहरीले चोरीको यस वारदातलाई गम्भीरता पूर्वक लिएर अनुसन्धान गरिरहेको बताएको छ । तर चोरीको यस वारदातले नगरवासीमा आतंक छाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *