अबिरल वर्षा र पहिरोले बुर्तिबाङबासीलाई सन्त्रास : विपतमा परेकाहरुको जनता बोर्डिङमा बास !

छविलाल पाण्डे बुर्तिवाङ २०७५ साउन २ । निरन्तरको बर्षातका कारण बुर्तिबाङ बजार नजिकैको बतासे खोलामा आएको भेल पहिरोका कारण बजारको देवचोक, हस्पिटल लाईन, सिनेमारोड क्षेत्रमा गरी करिब देड दर्जन बढी घरमा क्षेति पुगेको छ ।

रातको करिक १२ बजेदेखि आएको लेदो सहितको भेलका कारण बजारमा मात्रै एक दर्जन कच्चि घर सहित घरभित्र रहेका सामान पुर्ण नस्ट हुनुका साथै आधा दर्जन पक्ीक घरभित्र समेत ढुंगा सहितको लेदो पसेको छ ।

क्षेति भएका घरहरुमा स्थानियबासीद्धारा सरसामान निकाल्ने कार्य बिहानै देखिजारी छ । त्यस्तै बुधबार बिहान ढोरपाटन नगरपालिका वडा नं २ सेरामा समेत पहिरोका कारण एक घरमा पुर्ण रुपमा क्षेति भएको छ । स्थानिय दिलबहादुर पुनको घरमाथिदेखि आएको पहिरोका कारण घर पुर्णरुपमा भत्किएको हो । त्यस्तै निजको घरनजिकै अमरबहादुर क्षेत्रिको घरमा समेत पहिरोले क्षेति पुर्याएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकास यादबले बताए ।

लागतारको बर्षातका कारण मध्यपहाडि लोकमार्ग अन्र्तगत बागलुङ— बुर्तिबाङ सडक खण्ड पुर्ण अबरुद्ध भएको छ । त्यस्तै बुर्तिबाङ—निसी, बुर्तिबाङ— ढोरपाटन , बुर्तिबाङ—तमान सडक समेत अबरुद्ध भएको छ । सडक अबरुद्ध हुंदा यात्रुलाई समस्या भएको छ ।

भेल पहिरोले क्षेति पुर्याएर समस्यामा रहेका परिवारलाई बुर्तिबाङ स्थित ईलाका प्रशासन, रेडक्रस सोसाईटी, बिपद व्यवस्थापन समिती, ढोरपाटन नगरपालिका लगाएतको सक्रियतामा जनता बोर्डिङ स्कुलमा खान बस्नको प्रबन्ध मिलाईएको प्रहरी प्रमुख यादवले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *