भब्रेटा देखी बगेको गग्रेटा सहितको पहिरोले बुर्तिवाङबासी रातभर जाग्राम ! टहरेबस्ती क्षतविक्षत ! (तस्वीर)

बुर्तिवाङ २०७५ साउन २ । हिँजो मंगलबार दिउँसो देखी परेको पानीले बुर्तिवाङ बजारमा मच्चाएको उत्पातले बिश्राम लिएको छैन । राति १० बजेपछी विहान २ बजे सम्म परेका अबिरल वर्षाले भब्रेटा देखी गुहे खोला हुँदै बगेको पहिरोले कालीका देवीको मन्दिर, देव चोक, हस्पिटल हुँदै ईलाका प्रहरी कार्यालय अगाडी बाट बगेको गग्रेटा सहितको भलले रातभर स्थानीयबासी जाग्राम बसे । कच्ची टहराहरु भत्काएको छ, टहरेबस्ती क्षतविक्षत छ भने बुर्तिवाङबाट छुट्ने सवारी साधानहरु ठप्प छन् ।

बुर्तिवाङ बजार माथि देखी भब्रेटा जाने मोटर बाटो खनिएको र वर्षातले सोही मोटरबाटो खन्दाको ढुंगा माटो बगाएर बुर्तिवाङ बजार खतरामा परेको स्थानीयको भनाई छ । विना सोँच बिचार जथाभावी मोटरबाटो खन्दा बुर्तिवाङ बजार उच्च खतरामा परेको स्थानीयको गुनासो छ ।

अहिले बुर्तिवाङबासीहरु गग्रेटा सहितको भल बजारमा पसेपछीको अवस्थाको आँकलन गरिरहेका छन् । पछिल्लो जानकारी अनुसार कुनै मानवीय क्षती भएको छैन । क्षेतीको विवरण प्राप्त गर्ने प्रयासमा छौ । हामीसँगै रहनु होला ।

तस्वीर- दीपक पराजुली, बुर्तिवाङ ।

अपडेट: उद्धार कार्य जारी

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *