नेपाल उमावि, ताराको ४८ औँ बार्षिकोत्सको आज समापन !

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ फागुन १७ । नेपाल उच्च माध्यमिक बिद्यालय तारा को ४८ औं बार्षिकोत्सब तथा अभिभावक दिवसको दोस्रो दिन बिद्यालयका आन्तरिक कार्यक्रम सहित पदम चन्द्र स्मृति अन्तर प्रा बि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

११ बिद्यालय को सहभागीता रहेको हजिरी जवाफ प्रतियोगितामा दुर्गा भवानी मा बि तारा प्रथम, लाबाङ प्रा बि तारा व्दितीय , युवा बर्ष प्रा बि तारा तृतीय र मालारानी आधारभूत बिद्यालय ताराले सान्त्वना स्थान प्राप्त गरेका छन । सो अबसरमा बिद्यालयका आन्तरिक कार्यक्रम अन्तर्गत बेलुन फाइट, चक्लेट टिपाइ, बोरा डौड, चम्चा डौड , म्युजिकल चियर , ८ सय मिटर छात्र डौड र छात्र भलिबल को प्रथम चरणको खेल सम्पन्न भभ्का छ्न ।

बार्षिकोत्सबको मुल समारोह आज विशेष कार्यक्रम सहित बिशिष्ठ ब्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न गरिले बिद्यालयका प्र अ भिमनाथ सुवेदीले जानकारी दिए । कार्यक्म जित बहादुर खत्रीको अध्यक्षता शिक्षक हुमा कुमारी कडेलको संचालन र शिक्षक दिपेन्द्र पौडेलको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *