ढोरपाटन नगरपालिकामा एकीकृत सम्पत्ति कर लागु : उपप्रमुख पुन, वडाध्यक्ष भण्डारीले कर तिरे !

राम सुवेदी, बुर्तिबाङ २०७५ साउन १ । ढोरपाटन नगरपालिकामा आर्थिक वर्षको सुरुवातबाटै एकस्कृत सम्पत्ति कर संकलन सुरु गरिएको छ । आज नगर उपप्रमुख कर्मती पुन तथा वडा नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीबाट एक कार्यक्रमको आयोजना गरि सम्पत्ति कर संकलन सुरु गरिएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६का लागि तय गरिएको निति तथा कार्यक्रम एवं नगर परिषदबाट पारित गरिएको कार्यविधि अनुसार नगरपालिकाले आर्थिक वर्षको सुरुवातबाटै सम्पत्ति कर संलन सुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए ।

नगरपालिकाका जनप्रतिनिधिबाट सुरु गरिएको सम्पत्ति कर संकलनमा उपप्रमुख पुनले १ रोपनी ४ आना १ पैसा ३ दाम बरावरको आफ्नो स्वामित्वमा रहेको जग्गाको १ सय रुपैयाँ कर तिरेर उदघाटन गरिएको छ । यस्तै वडा नं. १ का वडा अध्यक्ष भण्डारीको आफ्नो स्वामित्वमा रहेको २५ रोपनी जग्गाको एक करोड २ लाख मुल्य मुल्याँकन गरि ३ हजार ६० रुपैयाँ कर संकलन गरि कार्यकारी अधिकृतबाट रसिद प्रदान गरिएको छ ।

नेपाल सरकारले यस आर्थिक वर्षदेखि देशभरकै सबै स्थानीय तहबाट साउन महिनाको पहिलो दिनबाटै एकीकृत सम्पत्ति कर संकलनका लागि निर्देशन गरेको छ । सम्पत्तिकर लगाउँदा कुनै पनि व्यत्तिको नाममा रहेको घर जग्गाको मूल्याँकन गरिन्छ । मूल्याँकन विधिमा मालपोत कार्यालयले तय गरेको जग्गा मुल्य, प्रचलित कारोवार मूल्य र घर जग्गा धनीले स्वघोषणा गरेको मूल्य जोडेर ३ अंकले भाग गरि हुन आउने रकमलाई मूल्य तोक्ने विधि अवलम्बन गरिएको छ । एकीकृत सम्पक्ति कर लगाउँदा स्थानीय तहले ५ लाख बराबरको मूल्याँकनमा प्रति लाखको एक मुष्ठ एक सय, ५ लाख देखि ५० लाखसम्म प्रति लाख बीस रुपैयाँ, ५१ लेख देखि एक करोड मूल्याँकन भएमा प्रति लाख पच्चिस रुपैयाँ, १ करोड देखि दुई करोडको मूल्याँकन भएमा प्रति लाख ३० रुपैयाँ, दुई करोड एक लाख देखि तीन करोड मूल्याँकन गरिएमा प्रति लाख ३५ रुपैयाँ, ३ करोड एकलाख देखि ५ करोड सम्ममा प्रति लाख ४० रुपैयाँ तथा पाँच करेड माथि भएको खण्डमा प्रति लाख ४५ रुपैयाँका दरले कर निर्धारण गरिएको छ ।

घरको मूल्याँकन गर्दा स्क्वाएर फिटका आधारमा पक्की तथा कच्ची घरको संरचना निर्माण गरिएको आयु हेरी कर निर्धारण गरिएको छ । जहाँ बुर्तिबाङ बजार क्षेत्रमा व्यापारिक तथा औद्योगिक वा संस्थागत, बसोवासका लागि आरसिसीमा १ हजार २ सय तथा बुर्तिबाङ बाहेकका क्षेत्रमा १ हजार तय गरिएको छ । बसोवासमा भने ८ सय तय गरिएको छ । यस्तै माटो ईट्टा तथा सिमेन्ट वाला ढुँगाको गारो टायलको छानो भएमा बजार तथा अन्य दुवै क्षेत्रमा १ हजार तथा माटोबाट जडित इट्टा, ढुँगाको गारो माटो जडित भएमा व्यापारिक औद्योगिक तथा संस्थागत तर्फ बुर्तिबाङ बजारमा ८ सय र अन्य क्षेत्रमा ५ सय तय गरिएको छ । सेड र कच्ची घर एकतलेका लागि बजार क्षेत्रमा ५ सय र अन्य क्षेत्रमा ३ सय तय गरिएको छ । यो रकम प्रति वर्ग फिट रहेको नगरपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *