देविस्थान गाविसको खाडुमा मोटरेवल पुल निर्माणको माग !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ फागुन १७ । देविस्थान गाविसको वडा नम्बर–९ खाडुमा स्थानिय विकास विषयमा सरोकारवालाको छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

छलफलमा देविस्थानको खाडुमा पर्ने मध्यपहाडी लोकमार्गबाट निसीखोला तरेर ढोरपाटन सम्म पुग्नको लागि मोटरेबल पुल निर्माणको लागि माग गर्ने निर्णय भएको बताईएको छ ।

पुल निर्माणको लागि पहल गरिदिन नेपाली काँग्रेसका क्षेत्रीय सभापती द्रोणकुमार कुँवरलाई निवेदन सहित आग्रह गरिएको देविस्थानका काँग्रेस सचिव चन्द्रसिंह राम्जालीले बताए ।

कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापती कुँवरले पुल निर्माणका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानिय विकासको कार्यमा आफुले निरन्तर पहल बताए ।

सो कार्यक्रममा माओवादी केन्द्रका वीरबहादुर कार्की र राष्ट्रिय जनमोर्चाका डिलबहादुर कार्कीले पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस देविस्थानका सभापती ईन्द्रबहादुर मल्लको अध्यक्षता र सचिव चन्द्रसिंह राम्जालीको सञ्चालनमा सम्पन्न भएकमो थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.