श्रीमतीकाे पिडाले बने जाेगी !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७५ साउन १ । वैदेशिक राेजगारमा श्रिमान विदेश जानेहरुले पछिल्लो समय घरदेशबाट विभिन्न किसिमकाे पीडा बेदना भाेग्नु परेकाे छ । हुनत सामाजिक रितिरिवाज परिस्थिति तथा मानविय जैविक कारणहरु पनि प्रमुख बन्दै अाएकाे पाईन्छ ।

याे सामाजिक परिस्थितिलाई जय नेपाल फिल्मसले लाेक गितकाे रुपमा सर्जक ईश्वर बाबुले शृजना गरि म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् । शव्द ,लय निर्देशन अभिनय ईश्वरको रहेकाेछ भने स्वर ,तथा छायांकन कमल जि एमकाे रहेकाेछ । भिडियोमा स्पस्ट संग देखाईएकाे छ कि श्रिमान प्रदेशमा जाने र घरमा पैसा पठाउने तर श्रीमती परपुरुष संग सामाजिकरुपले अस्वीकार गरेकाे अनैक सम्बन्ध राखि श्रिमानले दुखले कमाएकाे रकम मासेपछि श्रिमान माया प्रेमकाे पागलपन समाल्न नसकेर जाेगि भएकाे देखिन्छ ।

भिडियो बागलुङ ,काठेखाेला लगाएतका विभिन्न स्थानमा छायांकन गरिएकाे छ । ईश्वरलाई अभिनयमा विपना पुन र अादित्य पुनले साथ दिएकाे छन् । भने भिडियो सम्पादन अनिल रानाले गरेका छन् प्रस्तुत छ भिडियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *