पत्रकार रानाको उपचारार्थ जैमिनी नगरपालिकाव्दारा रु २५ हजार सहयोग !

बागलुङ २०७५ साउन १ । जैमिनी नगरपालिकाले पत्रकार विजय रानाको उपचारको लागि रु २५ हजार आर्थिक सहयोग गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा नगर प्रमुख ईन्द्रराज पौडेलले रु २५ हजारको चेक तथा जैमिनी ७ की वडा सदस्य कुमारी रानाको सक्रियतामा संकलित रु २४ हजार १ सय ४० रुपयाँ गरी जम्मा रु ४९ हजार १ सय ४० नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस तथा पत्रकार रानाकी बहिनी शान्ति रानालई चेक तथा नगद हस्तान्तरण गरिएको हो।

पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय राना ए–प्लाष्टिक एनिमिया रोगबाट ग्रसित भई काठमाडौ स्थित सिभिल अस्पतालमा उपचाररत छन् । उनको उपचारको लागि लाखौँ रकम लाग्ने भएको र उनको परिवारले उपचारको लागि खर्च थेग्न सक्ने अवस्था छैन ।

उनको उचारको लागि पत्रकार महासंघ बागलुङ लगाएत विभिन्न व्यक्ति, संघ संस्थाहरुले सहयोग अभियान संचालन गरेका छन् ।

अहिलेसम्म महासंघले साढे ३ लाख बढी रकम संकलन गरेको महासंघका अध्यक्ष दिल श्रीसले बताए । सहयोग संकलन अभियान संचालन भैरहेको जानकारी दिँदै संकलन भएको उक्त रकम साउन ३ गते उपचाररत रानालाई भेटेर हस्तान्तरण गर्ने श्रीसले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *