हिल साउने सक्रान्ती मेला : महिला तथा पुरुष भलिबलको फाईनल खेल भोलि !

पूर्णभद्र निउरे ताराखोला २०७५ असार ३२ । साउने सक्रान्ती मेला ब्यबस्थापन समिती हिल द्वारा आयोजित साउने सक्रान्ती मेलाको आज चौथो दिन पुरुष तथा महिला भलिबल का विभिन्न चरण का खेल हरु सम्पन्न भएका छ्न ।

३० समूह को सहभागीता रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा शिद्ध भैरब इलेक्ट्रिकल हरिचौर र त्रिशुली युवा क्लब हिल फाइनलमा प्रबेश गरेका छन । त्यसै गरि ६ समुहको सहभागीता रहेको महिला भलिबल प्रतियोगिता मा ल्थ्ऋ तारा र बढिगाड गाउँपालिका जलजला फाइनल मा प्रबेश गरेका छन । ताराखोला गाउँपालिकाको वडा न ३ साबिक को हिल गा बि स को हिल गाउँमा संचालित यो मेला एक ऎतिहासिक मेला को रुप मा चिनिन्छ ।

भोलि साउन १ गते प्रदेश सभा सांसद चन्द्र बहादुर बुढा ९ सागर० को प्रमुख आतिथ्यता मा मेला को औपचारिक कार्यक्रम सहित समापन गरिने सचिब रमेश घर्तीले जानकारी दिए ।

भोलि नै पुरुष तथा महिला भलिबल को फाइनल एकल नृत्य प्रतियोगिता संगै मगर समुदाय को सिस्नो खोस्ने सस्कृती , पन्चे बाजा लगायतका सस्कृती हरु प्रदर्शन गरिने अध्यक्ष जग बहादुर घर्तीले बताए । त्यस्तै राष्ट्रिय कलाकार नवीन राना,चाहाना श्री लगायत का कलाकार हरुको साङ्गितिक प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।

,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *