डाक्टरको लापर्वाहीबाट महिलाको मृत्यु भएको भनि धौलागिरी अन्चल अस्पताल तनाव ग्रस्त !

बागलुङ २०७५ असार ३१ । धौलागिरी अन्चल अस्पताल, आज विहान ८ बजे उपचारार्थ ल्याईएकी एक महिला बिरामीको मृत्युलाई लिएर तनावग्रस्त बनेको छ । बागलुङ नगरपालिका ३ रातामाटाकी वर्ष ५२ की लक्ष्मी सापकोटा बिहान घुमायो भनी उपचारार्थ धौलागिरी अन्चल अस्पतालर्मा भर्ना गरिएकोमा केहि समय अघी उनको मृत्य भएको थियो । डाक्टरकोे लापर्बाहीका कारण मृत्यु भएको भनि मृतकका आफन्त एवं स्थानीयहरु आक्रोशित बनेका छन् ।

दिउँसो ८।९ घण्टा सम्म डाक्टरहरुले केहि छैन भन्ने एक्कासी कसरी मृत्यु भयो ? भनी अस्पताल परिसरमा भेला भएका मानिसहरु उत्तेजित बनिरहेको अवस्थामा अस्पतालका मेडिकल सुपरिडेन्टेन्ड सागर राजभण्डारीले मृतकका आफन्तहरुलाई अपशव्द प्रयोग गरेपछी भीड थप उत्तेजीत बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।

अहिले प्रजिअ बेदप्रसाद खरेल अस्पताल व्यवस्थापन र सिमेअ राजभण्डारी बीच बार्ता चलिरहेको श्रोतले बतायो । यो समाचार तयार पार्दा सम्म अस्पताल परिसर तनाव ग्रस्त छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *