ताराखोला गाँउपालिका घुस्मेलीमा प्रभु बैङ्कको शाखा स्थापना

घनश्याम गौतम, गल्कोट २०७५ असार ३१ । ताराखोला गाउपालिकामा प्रभु बैङ्कको आज उद्घाटन गरिएको छ । ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तिले आज रिबन काटेर, ब्यानर खोली तथा दीपप्रज्वलन गरी ताराखोला शाखाको उद्घाटन गरेका ह’न । नेपाल राष्ट्र बैङ्कबाट क बर्गको ईजाजत पत्र बैङ्क प्रभु बैङ्कले आज देखी १५६ औ शाखाको रुपमा ताराखोला गाँउपालिका बडा नम्बर ३ घुस्मेलीबाट सेबा सुभारम्भ गरेको छ ।

बैङ्कको औपचारीक रुपमा उद्घाटन गदैं ताराखोला गाँउपालिकाका अध्यक्ष घर्तिले गाउपालिकाको भौतिक पुर्बाधार बिना नै बैङ्क स्थापना हुन गाउपालिकाबासीको गौरबको बिषय बनेको बताए । उनले हरेक स्थानिय तहले क बर्गको बैंङ्क मार्फत बिकास तथा योजनाका काम सञ्चालन गर्नुपर्ने ब्यबस्था अनुसार अब ताराखोला गाँउपालिकाको सम्पुर्ण कार्य प्रभु बैङ्क लिमिटेड ताराखोला शाखामार्फत हुने बताए ।

बैङ्क सञ्चालन गरि स्थानिय सेवा प्रबाह गर्ने बाताबरण निर्माण गर्नु स्थानिय सरकारको दायित्व रहेको बताउदै अध्यक्ष घर्तिले सबै स्थानियबासी सबैले सुरक्षित र भरपर्दो सेवा लिन बैङ्कमार्फत कारोबार गर्न आग्रह समेत गरे । बित्तिय कारोबार गर्न ईन्टरनेटको सहजता नभएको भन्दै गाउँपालिकाले केही महिनामा नै सबै बाड बाडमा नेट ईन्टरनेटको ब्यबस्थापन गर्ने उनको दाबी थियो ।

उनले क्षेत्रबिकासका कार्यक्रममा अहिले सडकलाई प्राथमिकतामा राखिएको बताउदैं सडक सञ्जाल बिस्तारले प्रभु बैंङकबाट बैङ्किङ कारोबारको सेवा लिन समेत सहज हुने बताए ।

गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्ने गरि छलफल अगाडि बढाएको जनाकारी दिदै अध्यक्ष घर्तिले गाउपालिकालाई शिक्षा स्वास्थ्य, यातयात कृषि प्रर्यटन लगायतका माध्ययबाट नमुना बनाउने दाबी गरे । उहाँले जलबिद्युत आयोजना निर्माण तथा सभाबना अध्ययनबारे साउन ४ गते छलफल गर्ने जानकारिी पनि दिए ।
उपाध्यक्ष दिल कुमारी पुन रोकाले प्रभु बैङ्कले स्थानिय तहका जनतालाई सहजता दिने गरि शाखा स्थापना गरि सेवा प्रबाह गरेकोमा धन्यवाद ज्ञापन गदैं समाबेसी रुपमा मितब्ययी भएर बैङ्कका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिईन ।

कार्यक्रममा ताराखोला गाँउपालिकाका राजनैतिक सल्लाहकार नरेश के.सी. वडा नम्वर १ का अध्यक्ष यम बहादुर श्रीस बागलुङ उद्योग बाणिज्य संघका सदस्य सञ्जय कुमार श्रेष्ठ ईन्जिनियर दिल बहादुर थापा, जन एकता बचत तथा ऋण सहकारी सस्थाका प्रबन्धक अमर प्रसाद निउरे लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको अबसरमा प्रभु बैङ्क लिमिटेडका क्षेत्रीय अधिकृत उत्तम राजभण्डारीले बैङ्कको शाखा स्थापना, समग्र बैङ्कले गदै आइरहेका आर्थिक कारोबारको बारेमा जानकारी गराएका थिए ।

ताराखोला शाखामा तत्काल ईन्चार्ज सहति ४ जना कर्मचारी र ३ जना सुरक्षाकर्मी रहेका छन् । कार्यक्रम प्रभु बैङ्क लिमिटेडका क्षेत्रीय अधिकृत राजभण्डारीको अध्यक्षता गल्कोट शाखाका प्रबन्धक चेतनारायण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

शाखाबाट तत्काल बचत, ऋण, ईन्टरनेट बैङ्कीङ, जुनसुकै बैंङ्कको चेक राफसाफ,मोबाईल बैङ्कीङ जस्ता सेबा सञ्चालनमा रहेको शाखाका ईन्चार्ज प्रकाश सुबेदीले जानकारी दिएका थिए । बैङ्कले अध्यक्ष घर्तिलाई मायाको चिनो प्रदान गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *