२७ वर्षको उमेरमा छैठौं बिबाह, त्योपनि ६६ वर्षका बृद्ध संग, संसार बिचित्र !

प्रेम सुनार, गुल्मी २०७५ असार ३१ । गुल्मीको धुर्कोट गाउँपालिका–७ , वाग्ला दुवानेटाका वासिन्दालाई अनौठो लाग्दो विवाह सम्वन्धको चर्चा गर्दैछौ हामी । एक छोरी, तिन जिल्लाकी बुहारी ? यो कुनै नौलो कुरा न होला । तर २७ वर्षको उमेरमा छैठौ विवाह , त्यो पनि ६६ वर्षको बृद्ध संग ? यो चाँही अलिकति नौलो लाग्यो र सत्य तथ्य खोज्न पुगियो त्यस गाउँमा । ती महिला भिडियोमा बोल्न चाहिनन । तर उनका ६६ वर्षिय नव जोडी ढालबहादुर घिमिरे भने खुलेर बोल्न चाहे ।

लौरो टेक्दै धुर्कोट गाउँपालिकाको तेश्रो चौैमासिकको सार्वजानिक सुनुवाई कार्यक्रममा आएका उनले भने–‘ मेरो श्रीमती मृत्यु भएको ६ वर्ष देखि एक्लै खान पकाएर खाँदा असाध्धै दुख पाएको थिएँ । त्यो भर्खरकी उमेरकी केटीले मलाई पत्याउली भनेर लागेकै थिएन ।

एक दिन एउटी महिला संग त्यसको बारेमा सोधपुछ गरें । विस्तारै उ संग नजिक भएँ । उसले मनपेट खोली, हाम्रो मन मिल्यो र ब्या (विवाह ) गरेका हौं । ३ छोरी ५ छोरा सहित ८ सन्तानको बाबु हुँ म । खानदान पनि कम होईन । जिज्यु बाजेको सेखा पछि जिम्वाल चलाएको मान्छे हुँ । तर त्यो सम्पत्ति र त्यतिका छोरा छोरी हुँदा पनि एक्लो र निरासिलो भईँ्दो रहेछ ।

बुढेशकालमा स्याहर सुसार गर्ली भनेर विवाह गरेको हुँ । नभन्दै राम्रो स्यहार सुसार र माया प्रेम दिएकी छन् । एउटा गीतको बोल–‘ जुनको र ताराको , बल्लै भेट भयो दुवै कर्म हाराको…’ कथा सुनाउँदै उनले भने–‘ उनी गुल्मी कै चार ठाउँमा विवाह गरेकी महिला हुन् ।

गोरखामा पनि विवाह गरेर गईन । त्यस पछि प्युठानका एक जनाले विवाह गरेर लगेको ५ दिन मै माईती घर ल्याएर छोड्यो । अन्यत्रै ५ सहित म उनको छैठौं श्रीमान हुँ । उनका दुई छोराहरु छन ।

मेरा ३ छोरी र ५ छोराहरुले पनि एक्लै पारेका थिए । कर्मले म पनि एक्लै उनि पनि एक्लै परेपछि हामीलाई संजोगले जुटाएको हो ।’
छिमेकीहरुले नवजात शिशुको छैठी गर्ने कहिले हो ? भनेर जिस्काउँछन नि ? भन्ने प्रश्नमा उनले भने –‘ खै हेरम, त्यो भने यसै भन्न सकिन्न । उनले भन्छिन–‘मेरा पनि दुई छोराहरु छन । तपाईका पनि पाँच वटा छोराहरु छन । अब किन चाहियो र अरु सन्तान ? सन्तान भएर पो के हुँदो रहेछ र ?’

उनले थपे–‘ अरु हाम्रो मेलमिलाप राम्रै चलेको छ । मैले बृद्ध भत्ता चाँडै खान्थे होला तर नागरिकतामा मेरो उमेर घटाई दिएका छन तर म ६६ वर्षको भएँ । उनि संगै आएका एक जना बृद्धले भने–‘ उ मेरो एक महिना कान्छो भाई हो । हाम्रो उमेर ६६ वर्षको भयो । उ अहिले विवाह गरेर सुखी भएकोले हामी खुशी छौं, श्रीमतीको खाँचो बुढेसकालमा हुँदो रहेछ ।’ धुर्कोट गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष हिमप्रसाद पन्थीले दुवैको घरवार बिग्रेको र अहिले भर्खरै दुवैले विवाह गरेर मेलजोल भएको प्रति सन्तोष ब्यक्त गरे ।

उता गुल्मी कै मालिका गाउँपालिका वडा नम्वर १, नेटा गाउँमा पनि बृद्ध भत्ता खाने उमेरका एक जना पुरुष संग १३ वर्षिया वालिकाले विवाह गरेर सुखी दाम्पत्य जीवन विताएकी छन ।

मुसिकोट नगरपालिकामा पनि १३ वर्षिया वालिकाले अभिभावकले नमाने पछि आफै केटा बोलाएर भागी विवाह गरको, आफुहरुलाई छुटाउने प्रयास नगर्न चुनौती दिएकी छन । यसरी बाह्र तेह्र वर्षकै उमेरमा बैशालु चाल हुन्छ । मनले चाहन्छ त कानुनले बाल हुन्छ ? यो राज्यलाई चुनौती हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *