बुर्तिवाङ बसपार्कको पाँच रोपनी जग्गामा दुई रोपनी जग्गा गायब !
बसपार्कको जग्गा मिचेर घरटहराहरु बनाउनेहरुप्रति सरोकारवालाहरु किन तैँ चूप, मैँ चूप ?

बुर्तिवाङ २०७५ असार ३१ । बुर्तिवाङ बजारको अति व्यस्त ठाउँमा रहेको हालको बसपार्कको जग्गा अतिक्रमणलाई लिएर स्थानीयबासीले समय समयमा खोजीनीति गरिरहेपनि वषौँ बितिसक्यो अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउने कहिँ कतैबाट पहल भएको छैन । बिगत वर्षहरुमा अतिक्रमित जग्गालाई लिएर पटक पटक प्रयासहरु नभएका होईनन्, समिति नबनेको होईन, अतिक्रमित जग्गा नापजाँच नभएको पनि होईन, अतिक्रमण गर्नेहरुले पनि आफुहरु जे जसो गर्न पनि सहमत भनेर स्वकृति नदिएकापनि होईनन् तर कार्यान्वय चाहीँ भएको छैन ।

बसपार्कको जग्गा अतिक्रमणलाई लिएर २०७२ साल पुस २३ गते एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाको अध्यक्षतामा राजनैतिक दल, पत्रकार प्रहरी प्रशासन, यातायात ब्यबसायी लगाएतको बैठकले बसपार्क क्षेत्रको अतिक्रमण रोकथाम गर्नै तथा बसपार्क एरियाको ब्यबस्थापन गर्ने निर्णग गरेको थियो । प्रहरी र सरोकारवाला निकायको ध्यानाकषर्ण पछि बसपार्क एरीयामा निर्मित टिकट काउन्टर तत्काल हटाई भाडामा सटर लिएर सार्ने , बसपार्क क्षेत्रमा रहेको एक ग्यारेज समेत तत्काल सारिने सहमती सो बैठकमा भएको थियो । नगर बिकास समितीका अध्यक्ष अर्जुन शेरचनले बसपार्क क्षेत्र अतिनै साँधुरो भईरहेको र यस समस्यालाई मध्यनजर गर्दै जग्गा खरीदको कार्य प्रकृयामा रहेकाले केहि समय पछि बसपार्क क्षेत्रको ब्यस्थापन समेत हुने बताएका थिए ।
योपनि पढौँ
बुर्तिवाङ बसपार्कको जग्गा अतिक्रमणले सवारी व्यवस्थापनमा समस्या !

यसको केहि महिना पछी बसपार्कको नाममा रहेको जग्गा त्यहाँ घर निर्माण गर्नेहरुले अतिक्रमण गरेको भन्दै त्यसको नक्सा अनुसार नापजाँच गर्ने व्यापक जनदबाब बढेपछी २०७२ साल चैत ६ गते नगर विकास समिति बुर्तिबाङको पहलमा उक्त जग्गा मालपोत कार्यालय बुर्तिबाङ र नापी कार्यालयको सहयोगमा नक्सांकन गर्ने कार्य सूरु गरेर क कस्ले के कति क्षेत्रफल जग्गा मिचे भन्ने जानकारी लिईएको थियो ।
योपनि पढौँ
बुर्तिबाङ बसपार्कको अतिक्रमित जग्गाको नापजाँच शुरु !

जग कहाँदेखि आफ्नो पर्छ भन्ने थाहा नपाएर आफूहरुले यसरी घर टहरा निर्माण गरेको त्यहाँका स्थानीयको भनाई छ । समाजले गरेको निर्णय अनुसार नै आफूहरुले मिचिएको जग्गा के गर्ने भन्ने विषयमा निर्णय लिन सक्ने उनीहरुले बताएका थिए ।

त्यसैताका स्थानीयतहको पुनसंरचना कुरा आयो, ढोरपाटन नगरपालिका बन्यो, नगरपालिकाको निर्वाचन सम्पन्न भएको पनि वर्ष दिन नाघी सक्यो तर नगरपालिकाको ध्यान यसतर्फ नगएको भनेर बुर्तिवाङ बजारबासीले दुखेसो पोखी रहेका छन् ।

मालपोत कार्यालय बुर्तिवाङका प्रमुख नाराणण घर्तीका अनुसार बसपार्क रहेको जग्गाको क्षेत्रफल ५ रोपनी भन्दा बढी देखिन्छ, तर पछिल्लो समय स्थलगत नापजाँच गर्दा ३ रोपनी मात्र रहेको छ २ रोपनी भन्दा बढी अतिक्रमण भएको देखिन्छ ।

उनले बजारको मध्य भाग त्यस्मा पनि अस्पताल लगायत अन्य कार्यालयहरु नजिकै रहेकोले बसपार्क अन्यत्र स्थानान्तरण गरिनु पर्ने आवश्यकतालाई मध्यनजर गरी बुर्तिवाङ नयाँ शहर योजनाले खप्तरीबाङमा खरीद गर्न लागेको ६ रोपनी जग्गाको रकम निकासा भएपनि आज र भोलि दुई दिनमा पास हुन के गर्छ …भन्ने ई बागलुङलाई जानकारी दिए ।

यसको लगत्तै ईबागलुङले नयाँ शहर योजनाका पमुख प्रमोद अधिकारी संग फोन सम्पर्क गर्दा खप्तरीवाङको सवा ६ रोपनी जग्गा आजै रजिष्ट्रेसन पास गर्ने जानकारी दिए ।

हालको बसपार्कको बिकल्पमा खप्तरीवाङ उपयुक्त छ । शीघ्रातिशीघ्र नयाँ बसपार्क निर्माण गरिनु आवश्यक रहेकोे छ । यो नयाँ बसपार्क पन हालको बसपार्कको अतिक्रमित जग्गाको खोजी जस्तै ढीलाई हुनु चाहीँ भएन, बुर्तिवाङबासीहरुको माग रहेको छ ।

नयाँ बसपार्कको बिकल्पको खोजी भएको सुखद समाचारकाबीच हालको बसपार्कको अतिक्रमित जग्गाको खोजबिन प्रभावित हुनु भएन श्रोत भन्छ । बुर्तिवाङ बजारको केन्द्रमा साबिक उत्तरगंगा माध्यमिक बिद्यालय रहेको महत्वपूर्ण जग्गा अतिक्रमणगर्नेहरुबाट फिर्ता लिने कार्यमा किन तैँ चूप मैँ चूप ? भन्ने ज्वलन्त प्रश्न बुर्तिवाङका जनताले उठाई रहेका छन् । उनिहरुको आशंका छ, बसपार्कको जग्गा मिचेर घर एवं अन्य भौतिक संरचना बनाउनेहरु पहुँचवाला भएकै कारण अतिक्रमित जग्गा खोजी नगर्ने हो भने सम्बद्ध निकायमा उजुर गर्न जाने चेतावनी समेत दिएका छन् ।

तस्बीरहरु: सुमन सुनार / टीकाराम भट्टराई बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *