Sorry, that menu does not exist.
 

किसान मजदुरले अझै मुक्ति पाएका छैनन् भने कम्युनिष्टहरुको लडाई कसरी सकिन्छ ?’

प्रेम सुनार, गुल्मी, २०७३ फागुन १६ । नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्यले कम्युनिष्टहरुको लडाई भोका पेटहरुको लडाई भएको बताएका छन् । नेकपा माओवादी केन्द्र गुल्मीको प्रथम रेसुङ्गा नगर सम्मेलनलाई सदरमुकाम तम्घासमा उद्घाटन गर्दै नेता आचार्यले यस्तो बताएका हुन् ।

‘नेपालमा आफुलाई कम्युनिष्ट हुँ भन्ने केहि पार्टीहरुले अब लडाई सकियो भन्दै हँसिया हतौडा अंकित झण्डा समेत झिक्न आँटेका छन्’ नेता आचार्यले प्रति प्रश्न गदै भने –‘ ति भोका पेटहरुले , यहाँका किसान मजदुरहरुले अझै मुक्ति पाउन सकेका छैनन् भने कम्युनिष्टहरुको लडाई कसरी सकिन्छ ?’

सच्चा कम्युनिष्टहरु सधै गरिव निमुखा जनताकै वाकलत गर्नु पर्छ । पछाडी परेका वर्ग समुदाय, र सवै धर्मलम्वीहरुको अधिकार स्थापति गर्न मै लड्नु पर्छ भन्दै भन्दै उनले नेपालका केहि पार्टीहरु कम्युनिष्टको खोल ओढेर पुँजीपतिहरुको प्र्रतिनिधत्व गरी रहेको आरोप लगाए ।

उनले नेपालमा ६० प्रतिशत कम्युनिष्टहरुको वाहुल्य हुँदाहुँदै पनि कुनै कम्युनिष्टले पुँजपतिहरुको वाकालत गर्ने त कुनै कम्युनिष्टहरुले गरिव , किशान मजदुरहरुको वाकालत गर्ने भएका कारण एक हुन नसकेको धारणा राखे । उनले पाहड र तराई टुक्रिए देश भारतले लैजान्छ भन्दै भ्रम छरेर राजावादी शक्तीलाई वल पुराउने चलखेल भएको समेत आरोप लगाए ।

चुनावमा भोट मासु रक्सी र पैसामा होईन भोट पार्टीको विचार र सिद्धान्तलाई दिनुहोस् भन्ने उनको अपिल थियो । पाहडियाले मात्रै राष्ट्रवादको कुरा गरेर राष्ट्रिय एकता हुँदैन । तराईवासीले पनि राष्ट्रवादको कुरा गर्नु पर्छ । यो देशका धारु , मुस्लीम , राई लिम्वु , नेवार सवै समुदायले पनि राष्ट्रवादको कुरा गर्न पर्छ भन्ने उनको कथन थियो । ’

‘उनिहरुको भाषाले पनि राष्ट्रिय भाषाको मान्यता र सम्मान पाउनु पर्छ तव मात्र असली राष्ट्रियता कायम हुन्छ’ उनले भने कुनै एउटा वर्ग समुदायलाई मात्र हित हुने राष्ट्रियताको वाकलत गर्नु भनेको विखण्डन ल्याउनु हो , दुखको कुरा उनै विखण्डनकारीहरुले नै राष्ट्रवादको कुरा गर्ने गरेका छन् । ’
कार्यक्रममा पोलिट्व्युरो सदस्य तथा गुल्मी जिल्लाका सह ईन्चार्ज सुदर्शन वराल , केन्दिय्र सदस्य तथा २ नम्वर क्षेत्रका ईन्चार्ज बुद्धि जिसी, जिल्ला सदस्य रामप्रसाद पाण्डे , नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल , नागरिक समाजका अध्यक्ष पदम पाण्डेय लगायले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा देश विदेशमा चर्चित जनवादी गायक रोल्पाका झन्कार ब्ढा मगरको प्रस्तुतीले सारालाई दिनैभर रनभुल्ल पा¥यो । अन्तिममा उनले साठी वर्षे बृद्धले लेखेको एउटा यस्तो गितले निकै लाली खायो । पहिले हाम्ले माया लाउँथ्यौ घाँस दाउरा सोत्रमा अहिलेकाले माया लाउछन वरै फेसवुक र ट्वीटरमा … वोलको गीतले व्यापक ताली बटुलेको हो । त्यस्तै स्थानिय कलाकाहरुको गीत नृत्यले दिनैभर कार्यक्तम स्थललाई मनोरञ्जनमय पनि पारेको थियो ।

उद्घाटन कार्यक्रम नेकपा माओवादी केन्द्र क्षेत्र नम्वर २ का संयोजक अशोक थापा ( मुक्ती ) को अध्यक्षता र जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य धर्म बिश्वकर्माको सञ्चानमा सम्पन्न भएको छ । अहिले तम्घासको वालमन्दिर भित्र वन्द सत्र चलिरहेको छ । बन्दसत्रले नगरकमिटी चयन गर्ने बताईएको छ ।

यसैवचि नेकपा माओवादी केन्द्र गुल्मीले पहिलो संविधान सभा चुनाव ताकाकै झल्को दिने गरी सदरमुकाम तम्घासमा जनप्रदर्शन गरेको छ । साविकका चार गाविस तम्घास , अर्खले , दुविचौर र सिमिचौर मिलेर बनेको रेसुङ्गा नगरपालिकाको नेकपा माओवादी केन्द्र्रको प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रमा सो पार्टीले तम्घासको वालमन्दिरमा जनप्रदर्शन गरेको हो ।

वाहिरबाट हेर्ने विपक्षी राजनैतिक दलका कार्यकर्ताहरुले समेत बताए । माओवादी केन्द्रले वालमन्दिर प्राङ्गण साविकका चार गाविसबाट संविधान सभा ताकाकै जनता उर्तान सफल भएको कार्यक्रम स्थल वाहिर बसेका विपक्ष दलका कार्यकर्ताहरुले समेत बताए । नगरअधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्यले उद्घाटन गरेका हुन् ।

आमाको अन्त्यष्टी गरेर पार्टी काममा

यसै विच हिजो मृत्यु भएकी आमाको रिडीमा अन्त्यष्टी गरेर घर जानु पर्ने गुल्मी क्षेत्र नम्वर १ का पुर्व सभासद तथा नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य सुदर्शन वराल पार्टी काममा सदरमुकाम तम्घासमा आज आई पुगेका छन् ।

उनकी आमा डिलकुमारी थापाको हिजो सदरमुकाम तम्घासमा ९२ वर्षको उमेरमा निधन भएको थियो । आफ्नो घर हर्राचौर जानु पर्ने नेता वराल आज नेकपा माओवादी केन्द्र प्रथम रेसुङ्गा नगर अधिवेशन आयोजना गरिएकोले उनि तम्घासको उक्त कार्यक्रममा सहभागी हुन आएका हुन् ।
सम्मेलनमा मन्तव्य राख्दै नेता वरालले आफुहरु कुनै पनि कुराबाट विचलित नहुने कार्यकर्ता भएको बताए । उनले भने आकाशबाट गोला वारुद, तल हजारौं तत्कालिन सेना प्रहरीबाट लडेर आएको शक्ति अहिले सामन्ती र साम्राज्यवादी शक्तिले त्रसाउँदैमा नत्रसीने उद्घोष गरे ।

दोश्रो संविधान सभामा आफ्नो पार्टी फुटेका कारण हार स्वीकार गर्नु परे पनि अहिले फुटेका माओवादी पाटी सहित १० वटा पार्टीको एकिकरण भए पछि फेरी पहिलो संविधान सभा ताका कै जनता माओवादी केन्द्र एकतावद्ध भएको आज कै उपस्थितले पुष्टी गरेको उनले दावि गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply