कोपिला कंडेल, बागलुङ २०७३ फागुन १६ । नेपाल पत्रकार महासघ बागलुङ्ग शाखाको नयां कार्य समितिले आज देखी पदभार सम्हालेको छ । महासघंको छैठौ अधिवेशनबाट सर्वसम्मत रुपमा चयन गरिएको नयां कार्य समितिले पदभार ग्रहण गरेको हो ।
सो अवसरमा महासघंका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले नवनिर्वाचित अध्यक्ष दिल शिरिषलाई महासघंको निर्णय पुस्तीका एबं पद हस्तान्तरण गरेका थिए । त्यसैगरी महासघंका पदाधिकारी, सदस्य केन्द्रिय एबं प्रदेश सभासद्लाई प्रमाणपत्र वितरण गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले पत्रकारले समाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउदै पत्रकार महासघंका हरेक गतिबिधीमा प्रशासनले सहकार्य र समन्वय गर्ने उल्लेख गरे । उनले नयां कार्य समितिलाई बधाई यापन पनि गरे ।
त्यसैगरी पत्रकार महासघंका केन्द्रिय सदस्य हरिनारायण गौतम, नेपाली काङ्गेसका कोषाध्यक्ष उमेश गौतम, राप्रपाका उपाध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल कम्यु्निष्ट पार्टीका बाबुलाल शाक्य, पत्रकार महासघंका पुर्व अध्यक्ष राम बहादुर जिसी, महासघं म्याग्दीका अध्यक्ष तारा प्रसाद शर्मा, उच्च अदालत बार एशोसिएसन बागलुङ्गका अध्यक्ष केशबराज पराजुली, नागरिक समाजका संयोजक काजि गाउले श्रेष्ठ, प्रेस युनियनका केन्द्रिय सदस्य ज्ञानेन्द्र गौतम, प्रेस सेन्टरका केन्द्रिय सदस्य कोपिला कंडेल, प्रगतिशिल पत्रकार सघं बागलुङ्गका अध्यक्ष राम नारायण सुबेदी र धौलागिरी एफएमका अध्यक्ष दुर्गादत्त आचार्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल श्रीसको अध्यक्षता, उपाध्यक्ष नरेश कंडेलको स्वागत मन्तब्य र सचिव राम थापाको संचालनमा सम्पन्न भएको थियो ।