कान्छीबजारमा दलित एकल महिलाका ४० परिवारलाई पैँचो बाख्रा वितरण !

झम सिर्पाली, निसीखोला २०७५ असार २७ । निसीखोला गाउँपालिकाको आ.व २०७४/७५ को गाँउ परिषदबाट दस घर एक व्यवसाय शिर्षकमा विनियोजित रु।५ लाख अनुदान बाट संचालित पैँचो बाख्रा वितरण कार्यक्रम हिजो निसिखोला वडा नं २ कान्छीबजारमा सम्पन्न भयो।

वडा नं २ का वडाध्यक्ष कुविर बिश्वकर्मा सदस्य द्वय हिराकुमारी कुवर र टेक बहादुर कार्कीको उपस्थितिमा एक अनौपचारिक कार्यक्रम गरि प्रती परिवार रु। १०५०० अनुदान प्रदान गरिएको आयोजनाका अध्यक्ष ठग बहादुर बिकले ईबागलुङ लाई बताए। रु। ८००० बाख्रा खरिद तथा रु।२५०० खोर व्यवस्थापन भनी जम्मा रु। १०५०० प्रतिपरिवार वितरण गरिएको हो ।

पाँच बर्षे योजना रहेकाले यसपटक पाएकाले बाख्रा उत्पादन गरि अर्को साल पुन उक्त बाख्रा फिर्ता गरि अर्को व्यक्तिलाई दिईने आयोजनाका सचिव ईद बहादुर रसाइलीले बताए । गरिबी निवारणका लागि उत्पादनशील कार्यमा लगानी बढाई जनताको जीवनस्तर उकास्नका लागि यस्तो कार्यक्रम ल्याईएको वडा नं २ का अध्यक्ष कुविर विश्वकर्माको भनाई रहेको छ ।

यस कार्यक्रमबाट साविकको देविस्थान गा।वि।स। का वडा नं ६र७र८ र ९ बाट १०र१० जना हालको २ नं वडाका ४० परिवार लाभान्वित भएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *