नेपाली काँग्रेस बुर्तिवाङद्वारा जनसम्पर्क समिति जापानका अध्यक्ष कँडेललाई स्वागत !

कृष्ण कँडेल, बागलुङ २०७३ फागुन १६ । नेपाली काँग्रेस क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर–३ को आयोजनामा जनसम्पर्क समिति जापानका अध्यक्ष डण्डपाणी कँडेलसँग भेटघाट तथा स्वागत कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ ।

कार्यक्रममा जनसम्पर्क समिति जापनका अध्यक्ष कँडेललाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै कँडेलले आफुहरु रोजगारीको शिलशिलामा परदेशमा भएपनि सँधै नेपालको प्रगति र विकाशको सपना देख्ने गरेको बताए । उनले मुलुकको समृद्धिका लागि जापनमा रहेका सम्पुर्ण नेपालीहरुले सँधै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली काँग्रसक बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ का सभापती द्रोणकुमार कुँवरले नेपाली काँग्रेस स्थानिय निर्वाचनका लागि जुटेको भन्दै लोकतान्त्रिक अभ्यास र समृद्ध मुलुक निर्माणको अभियानमा परदेशी नेपालीको सिप र अनुभव पनि आश्यक रहेको बताए । अझ विकासमा तिब्र प्रगति गरिरहेको जापानमा रहेका नेपालीसँग मुलुक समृद्धिका राम्रो अनुभब रहेको भन्दै त्यसको सदुपयोगका लागि पार्टी प्रतिबद्ध रहेको बताए ।

क्षेत्रीय सभापती कुँवरको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन क्षेत्रीय सदस्य जीवन भट्टचन र स्वागत अर्का क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *