सांस्कृतिक कार्यक्रम सहित ३५ औँ मगर दिवस बुर्तिबाङमा सम्पन्न !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ फागुन १६ । मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा भएको ३५ औँ मगर दिवश विशेष दुई दिने कार्यक्रम बुर्तिबाङमा आज सम्पन्न भएको छ ।

शिक्षा, राजनीती, अर्थ एबं पहिचान र संस्कृति हाम्रो आबश्यकता, एकीकृत मगरात स्वयत्त प्रदेश प्राप्तिका लागि आपसी सद्भाव सहितको मगर एकता भन्ने नारा सहित आयोजना गरिएको दुई दिने कार्यक्रम अन्तरगत आज सांस्कृतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रममा आज चर्चित कलाकार जुना श्रीस, कुमार पुन, तिर्सना घर्ती र हाँस्यकलाकार निर आले तथा कमल गाउँलेले आफ्नो प्रस्तुति दिएका थिए ।
सो अबसरमा स्थानिय मगर संस्कृतिमा आधारित मायाँली, सोरठि, कौडा, सालैजो, मारुनी, मगर बाजा लगायतका गित तथा नाच प्रश्तुत गरिएको थियो ।

हिजो माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले उद्घाटन गरेको कार्यक्रममा प्रमुख अतिथि सहित मगर समुदायबाट विभिन्न क्षेत्रमा सक्रिय रहेर योगदान गरेका २ दर्जन बढी व्यक्तित्वलाई सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको समाजका उपाध्यक्ष शेरमान घर्तीले बताए ।
उपराष्ट्रपति नन्दबहादुर पुनको लागि नागरिक अभिनन्दन पत्र, मायाँको चिनो, मगर भेषभुषा अनुसारको स्थानिय रुपमा तयार गरिएको पोसाक सहितको सम्मान सामग्री स्वकिय सचिव सुकबहादुर रोका मार्फत पठार्ईएको आयोकलले जानकारी दिए ।

उपराष्ट्रपति पुनद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेपनि शारीरिक अस्वस्थाताका कारण आउन नसकेपछि माओवादी नेता बादलबाट कार्यक्रम उद्घाटन भएको थियो ।

आज भएको सांस्कृतिक तथा सांस्कृतिक कार्यक्रममा दिनभर दर्शकको भिड लागेको थियो ।

कार्यक्रम मगर समाज सेवा केन्द्र बुर्तिबाङका अध्यक्ष थमप्रकाश पुनको अध्यक्षता र सहसचिव सुनिल घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.