ताराखोलामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

पूर्णभद्र निउरे/कृष्ण कंडेल ताराखोला २०७५ असार २६ । ताराखोला गाउपालिकाको आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका को ५ वटै वडा बाट ५र ५ जना जेष्ठ नागरिक छनोट गरि उनीहरुलाइ नगद, दोसल्ला र जिन्सी सामाग्री सहित सम्मान गरिएको हो । उनीहरुलाई जनही ५ सय रुपैया , १र१ थान थर्मस प्रदान गर्दै दोसल्ला ओढाइएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालले जेष्ठ नागरिकहरुले आफ्नो परिवार र समाजको प्रगती तथा बिकासका लागि अतुलनीय योगदान पुर्याएकाले उनीहरुको योगदान प्रती सम्मान गर्दै बाकी जीवन खुसी साथ बिताउने बाताबरण सृजना गर्न सबै लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा वडा न १ का अध्यक्ष याम बहादुर श्रीस, २ का अध्यक्ष भद्र बहादुर घर्ती, पत्रकार कृष्ण कडेल लगायतले मन्तव्य राखेका थिए ।
र्यक्रमको उदेश्य माथि प्रकाश पार्दै शिक्षा शाखा प्रमुख दिपक सुवेदीले स्वागत गरेका थिए। कार्यक्रम ताराखोला गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुषालको अध्यक्षता , वडा न १ का वडा सचिब जित बहादुर सुनारको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *