जनचेतना प्रा बि बोहरागाउको ३२औ बार्षिकोत्सब सम्पन्न !

कुम्बिर बिश्वकर्मा २०७३ फागुन १६ । जनचेतना प्राथमिक बिद्यालय बोहरागाउँ ८ ओख्रेनीककोू बाल मैत्री शिक्षण सिकाइक्रियाकलापमा बिबिधता, प्रबिधी युक्त सीप मुलक शिक्षा आजको आबश्यकताूभन्ने मुल नाराका साथ ३२ औ बार्षिकोत्सब आज विविध प्रतियोगिता सङ्गै सम्पन्न गरिएको छ।

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष लोकिर भुषाल श्वर भुसालको अध्यक्षता र समासेबी टङ्क प्रसाद पौडेलको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो। शिक्षका कला शर्माको स्वागत मन्तव्य र शिक्षक भुमिराज आचार्यको सन्चालन गरेका थिए।

कार्यक्रममा ज्योती आधारभुत बिद्यालय थापागाउका शिक्षक थान बहादुर नेपाली ,प्रभा माद्यामिक बिद्यालय झिवाखोलाका प्रधानाध्यापक नबराज आचार्य ,समासेबी नर बहादुर बुढा मगर,समासेबी राम प्रसाद आचार्य ,कार्यक्रमका प्रमुख अथिती रुद्र प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए। वक्ताहरुले शिक्षामा लगानी गर्न र गुणस्तरीय शिक्षा प्राप्त गर्न अभिभावक सबैले तत्परता देखाउने जस्ता भनाइ राखेका थिए। सोही अबसर मा बिद्यालयका प्रधानाध्यापक लछुमण सापकोटा ले आ।ब। ७२।७३ को आर्थिक प्रस्तुत गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.