श्रीमानलाई अर्को श्रीमती बिबाह गर भन्दा नमाने पछी श्रीमतीव्दारा आत्महत्या !

दिनेश शर्मा, बडीगाड २०७५ असार २५ । बडीगाड गाउपालिका वडा न ९ मालारानीमा एक ४३ बर्षिय महिलाले सुसाइड नोट लेखी आत्महत्या गरेकी छिन। उनी सलको पासो लगाएर झुन्डिएर मरेको अबस्थामा फेला परेकी थिइन ।

साबिकको दर्लिङ गाबिस वडा न १ निबासी डिल बहादुर मल्लकी४३ बर्षिया श्रीमती गीता मल्लले २४ गते बेलुकी श्रीमान सँगै खाना खाइ श्रीमानलाई बिस्तारा समेत लगार्इदिर्इ तपाईं सुत्नुस म टिभी हेर्छु भनी कोठाबाट बाहिरिएकी थिर्इन् । सधै टिभी हेरेर आएर सुत्ने भएको हुदा श्रीमान पनि सुतेको र बिहान ३ बजे ब्युझेर हेर्दा श्रीमतीलाई नदेखेपछी श्रीमानले घर नजिकै रहेको गोठको माथिल्लो तलामा मृत अवस्थामा फेला पारेपछी स्थानियलाई हार गुहार गरि बोलाएको वडा अध्यक्ष कृष्ण के सीले बताए।

लगत्तै सबैजना जम्मा भै ४ बजे इलाका प्रहरी कार्यलय भिमगिठेमा खबर गरि भिमगिठेबाट प्रहरी त्यहा पुगेको इ प्र का भिमगिठे का प्र ना नि भोज बहादुर बानियाले बताए।

अहिले इ प्र का बुर्तिबाङबाट प्रहरी टोली आइ मुचुल्का गरि शब पोस्ट्मार्टमका लागि बुर्तिबाङ स्वर्mास्थ्य केन्द्र तप लगिएको प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए।

उनले सुसाइट नोटमा आफू आफ्नो स्वेच्छाले मर्न चाहेको बताउदै श्रीमानलाई अर्को बिवाह गर्न अनुरोध गर्दै आफ्नी बिवाहित छोरीलाई पनि आफू रहुन्जेल श्रीमानले बिवाह नगरेको भन्दै आफू मरेपनी बुवालाई अर्को बिवाह गर्न सहयोग गर्न अनुरोध गरेकी छिन ।

उनिहरुको एक छोरी मात्र रहेको र उनको केही समय पहिले गुल्मी बिहे भैसकेको थियो । गिताले आफू बाट थप बच्चा नभएको भन्दै आफ्ना श्रीमानलाई पटक पटक अर्को बिवाह गर्न अनुरोध गरे पनि श्रीमानले अर्को बिवाह गर्न आवश्यक नरहेको भन्दै बिवाह गरेका थिएनन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *