पत्रकार रानाको उपचारार्थ बागलुङ सेवा समाज बहराईन बाट रु १० हजार सहयोग !

भोव बहादुर कुँवर बहराईन् २०७५ असार २५ । बागलुङ सेवा समाज बहराईनले नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय राना एप्लास्टिक एमोनिया रोगबाट पीडित भै काठमाडौँको सिभिल अस्पतालमा उपचाररत रहेकाले उनकोे उपचारका लागि देश विदेशमा आर्थिक सहयोग संकलन अभियान जारी रहेको अवस्थामा यस बागलुङ सेवा समाज बहराईनले पनि सहयोग स्वरुप रु १० हजार नेपाल पत्रकार महासंग बागलुङको खातामा जम्मा हुने गरी पठाईएको जनाएको छ ।
समाजका अध्यक्ष ओम पुनको अध्यक्षतामा बसेको ब्रठकले सहयोग प्रदान गर्ने निर्णय गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *