स्काभेटर प्रयोग गरी कालीगण्डकी उत्खनन गर्ने चालक पक्राउ !

बागलुङ २०७५ असार २४ । हिँजो २३ गते शनिवार विहान करीब ४ बजेको समयमा मालढुंगा देखी केहि तल कालीगण्डकी नदीमा स्काभेटर प्रयोग गरी गिट्टी बालुवा उत्खनन गरिरहेको एक स्काभेटर र त्यस्को चालकलाई जिल्ला पहरी कार्यालय बागलुङबाट गएको प्रहरीटोलीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले बा १ प ८७१९ स्काभेटर र त्यस्का चालक ताराखोला गाउपालिका वडानं ४ का वर्ष २४ का पृथ्वी क्षेत्रीलाई नियन्त्रणमा लिएर कार्बाही चलाएको छ ।
प्रहरी उपरीक्षक दीपक रेग्मीले दिएका जानकारी अनुसार निज चालकलाई आवश्यक कार्बाहीका लागी जिल्ला समन्वय समिति बागलुङमा पत्र सहित पठाईएको छ ।

जिल्ला समन्वय समितिबाट निज चालकलाई के कार्बाही भयो भनी जिल्ला समन्वय अधिकारी नारायण सापकोटासंग फोन सम्पर्क हुन सकेन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *