साबिकको भनभने हालको मदाने गाउपालिकाको ७ नं वडा बालबिबाह मुक्त घोषणा

प्रेम सुनार, गुल्मी २०७५ असार २४ । गुल्मीमा पहिलो पटक एक वडाले बाल विवाह मुक्त वडा घोषणा गरेको छ । यहाँको मदाने गाउँपालिका वडा नम्वर–७ , साविकको भनभने गाविसले यस्तो उदाहरणीय कार्य गरेको हो । त्यहाँका वडाध्यक्ष काँशीबहादुर बोहराले स्थानिय जनजागरण क्लवको आयोजनामा बाल विवाह मुक्त वडाको एक समारोहका विच घोषणा गरेका हुन् ।

मदाने गाउँपालिका उपप्रमुख सरिता खड्काको प्रमुख आतिथ्यतामा आयोजित घोषणा सभामा ११ वर्ष देखिका वालिकाहरुलाई ललाई फर्काई बिवाह गराउने र त्यसका नाममा वेच विखन समेत भएका खवर आई रहेका वेला यस्तो कार्य सह्रानीय भएको वक्ताहरुको भनाई थियो ।

छिमीकी जिल्ला प्युठान संग जोडिएको उक्त गाउँपालिकामा बाल बिवाह व्याप्त भए पछि त्यसलाई रोक्न बाल विवाह मुक्त वडा घोषणा गरिएको जन जागरण बाल सञ्जालका अध्यक्ष सुमन पन्थीले बताए ।

जिल्ला स्थित सिर्जनशील सामुदायिक विकास केन्द्र तम्घासले उक्त वाल सञ्जाल मार्फत उक्त कार्यको सुरुवात गरेको जनाईएको छ । यस जिल्ला र छिमेकी जिल्ला प्युठान र बागलुङमा ११ वर्षिया वालिका समेत आफै प्रेमी बोलाएर भागी विवाह गर्न थालेको समाचार आए लगत्तै युवाहरुले विभिन्न संघ संस्थाहरुले यस्तो अभियान छेड्न सुरु गरेका हुन् ।

गुल्मीमा साविकको गाउँ विकास समिति र जिल्ला विकास समितिले पुर्ण सरसफाई , पुर्ण खोप गाविस र जिल्ला घोषणा गरे पनि बाल विवाह र छुवाछुत मुक्ता गाउँ र जिल्ला घोषणा गर्न सकेका थिएनन । अहिले स्थानिय तहका जनप्रतिनिधीहरुले समेत छुवाछुत मुक्त गाउँ घोषणा गर्न खुट्टा कमाई रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *