गुल्मी जयखानी र अर्वेनीका हैकमीहरुलाई पत्रकार सुनारको खुल्ला पत्र !

प्रेम सुनार, गुल्मी २०७३ फागुन १६ । जब गुल्मी अर्वेनीको गाउँ निकला काण्ड र पीडकहरु भगाभागको अवस्था भयो तव देखि अर्वेनी र छिमेकी गाविस जयखानीका पीडितहरुको फोन निकै आउने गरेका छन् । अर्वेनीमै एक नेताको दलित महिला संगको सम्वन्ध र उनका छोराको हाडनाता करणी काण्ड , जयखानीमा एक दलित महिलालाई काम गरेर खाना समेत वन्देज लगाउने धम्की यता अर्वेनीमा जवरजस्ती मोटरबाटो खनेर कसैको घरवास उठाउने , खानेपानी रोक्का , गाउँ निकालाको धम्की जस्ता पीडाहरु सुनाउँदै त्यहाँका केहि महिलाहरुले डाँको छाड्दै फोन गर्नु हुन्छ मलाई ।

महिला माथी हातपात सामान्य जस्तै बनेको भन्दै रोदन र चित्कार छाड्छन त्यहाँका दिदी वहिनीहरु । ठुलो वाहुल्य रहेको एक समुदायले अर्को समुदायलाई राणकालीन उर्दि लाद्दै दवाउने गरेको पनि त्यहाँका पीडित समुदायको गुनासो छ । सरकारी संयन्त्र त्यहाँ पनि छ । तर पनि विधीको शासन छैन भन्छन् पीडित पक्षहरु ।

पहिलै देखि हैकम चलाउँदै आएका केहि मुठीभर मानिसहरुले अझै पनि कानुन हातमा लिने काम गरेको व्याप्त गुनासो छ । खानेपानी रोक्नु , कसैको घरवासै उठ्ने गरी जवरजस्ती मोटरबाटो खानी दिनु, अर्की श्रीमति ल्याएर जेठी श्रीमतिलाई वास न गास बनाई दिनु , देउँसी भैलोमा अनिवार्य प्रति घरधुरी दान रकम तोक्नु , उक्त रकम नदिए वडा निकालाको उर्दि जारी गर्नु , उसको घरमा काम गर्न पनि न जाने उसलाई पनि कसैको घरमा काम गर्न दिए दुवै पक्षलाई जरीवाना गर्नु जस्ता कुराहरु पनि जयखानीमा सुनिएको छ ।

कारागारका वन्दीलाई त काम गरेर जिविका गर्न छुट छ भने देउसी भैलोमा तोकेको दान नदिए वा उनिहरु संगै देउँसी भैलोमा सहभागी नभएकै कारण त्यस्तो गर्नु कत्तिको जायज हो ? यी लगायत थुप्रै दमन , शोषण र अन्याय अत्यचारका कुराहरु अर्वेनी काण्ड पछि त्यहाँका पीडितहरुले गुहारका रुपमा म संग फोनमा गुनासो गरिएको छ ।

यसर्थ पनि ती दुई गाविसमा एक दुई जना निडर , निर्भिक पत्रकार साथीहरु नियमित रुपमा सक्रिय हुनु पर्ने मैले देखेको छु । त्यहाँका युवा मित्रहरु तपाईहरु सक्रिय भई दिनुहोस । मोवाईलबाटै रेकर्ड गर्नुहोस् तस्वीर खिच्नुहोस र जिल्लाका पत्रकारहरु संग जोडिनुहोस् । हामीले तपाईहरुको सत्य तथ्य कुराहरुलाई जोडदार ढंगबाट उठान गर्ने छौं । नभए विधीको शासनका पक्षधर त्यहाँका राजनैतिक दलका नेता कार्याकर्ताले सूचित गरे हामी पनि त्यही आउन सक्ने छौं ।

त्यहाँ जिल्लाको सञ्चार माध्यम नजोडिदा ठुला घटना पनि सामन्य बन्दै गएको महसूस मैले गरेको छु । अर्वेनी काण्ड देखि त्यहाँका थुप्रै कुराहरु आउन थालेका छन् । फोनमा त्यो चित्कार सुन्दा केहि महिनाका लागि त्यही भुमिगत जस्तै भएर रिर्पोटिङ्ग गरौंकी भन्ने सोच राखेर यहाँका मेरा अरु आदरणीय पत्रकारहरु संग पनि कुराकानी गरेको छु ।

हामीले समय मिलाउन साथ त्यहाँ आईने छ । कृपया यो धम्की होईन विनम्र अनुरोध हो । जो जसले त्यस्तो हैकम लाद्नु भएको छ । जो जसले जो माथी अन्याय अत्याचार र दमन गर्नु भएको छ त्यस्ता कार्यमा सुधार गर्नु होस् । समाज सवैको हो । सञ्चार माध्यम पनि तपाई हामी सवैको साझा हो । त्रसाउन खोजेको होईन । साझा चस्माले हेर्दा ती कुराहरु सत्य सावित भए जोडदार ढंगले सञ्चार माध्यममा उठाउन हामी बाध्य हुने छौं । कृपया अलि हच्किनुहोस् अव वल ताकत, हुल जत्थाकोको भरमा हैकम लाद्ने जमना गया , बेलैमा चेतना भया……..।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.