कांग्रेस नेता प्रदिप गिरी माक्र्सवादका किरा रैछनः नेकपा कार्यकर्ता

प्रेम सुनार, गुल्मी २०७५ असार २४ । ५ नम्वर प्रदेशभरका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कांग्रेस नेता प्रदिप गिरी माक्र्सवादका किरा नै रहेको भन्दै प्रशंसा गरेका छन । कार्लमाक्सको २ सतवार्षिकी अवसरमा नेपालगञ्जमा शनिवार सम्पन्न माक्र्सवाद विचार गोष्ठीमा सहभागी ५ नम्वर प्रदेशका अधिकांस नेपाल कम्युनिट पार्टीका नेता कार्यकर्ताहरुले प्रशिक्षण दिने मध्येका नेताहरु मध्ये कांग्रेस नेता प्रदिप गिरी माक्र्सवादको बढि ज्ञाता रहेको भन्दै प्रशंसा गरेका हुन ।

दुई दिन सम्म नेपालगञ्जमा चलेको उक्त विचार गोष्ठीमा सहभागी नेकपाका गुल्मीका कार्यकर्ता तथा तत्कालिन एमाले जिल्ला सचिवालय सदस्य नरेश भण्डारीले भने हाम्रा नेताहरु भन्दा कांग्रेस नेता प्रदिप गिरी माक्र्सवादको बारेमा बढि र्नै ज्ञाता रहेको हामीले पायौं । कांग्रेस नेता गिरीले हाम्रा अरु नेता कार्यकर्ताहरुलाई पनि माक्र्सवादवारे प्रशिक्षण दिनु पर्ने उनको भनाई छ ।

उक्त विचार गोष्ठीको नेकपाका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए । कार्यक्रममा कम्युनिष्टहरुका वरिष्ठ नेता मोहनविक्रम सिंहले पनि प्रशिक्षण दिएका थिए । त्यस्तै नेकपाका नेता घनश्याम भुसाल, राम कार्की , मोदनाथ प्रश्रितका छोरा विजय पौड्याल लगायत पनि वक्ताका रुपमा सहभागी थिए ।

ती कम्युनिष्ट नेताहरुको भन्दा उत्कृष्ट प्रशिक्षण कांग्रेस नेता गिरीको लागेको अर्का कम्युनिष्ट कार्यकर्ता तथा तत्कालिन माओवादी केन्द्र गुल्मीका सहसंयोजक युवराज केसीले पनि बताए ।

उहाँ पहिल्लै देखि माक्र्सवादका विद्यार्थी नै हो, केसीले भने त्यस गोष्ठीका धेरै वक्ताहरु मध्ये कांग्रेस नेता गिरीको प्रशिक्षण उत्कृष्ट थियो । नेता गिरीले माक्र्सवादलाई विपीले समेत मानेको , यो विचार संग कोही तटस्थ बस्ने नसक्ने धारणा समेत राखेको भण्डारीले बताए । उक्त विचार गोष्ठीमा नेकपाका नेता ठाकुर गैरेको अध्यक्षता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *