तालावन्दी नखुल्दा रुद्रावती क्याम्पस वामीमा स्ववियु निर्वाचन नहुने निश्चित !

अनिश शर्मा गैरे, वामी गुल्मी २०७३ फागुन १६ । रुद्रावती बहुमुखी क्याम्पस वामीमा मँगलबारबाट लागेको ताला अझै खुल्न नसक्दा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नै अन्यौल तथा अनिश्चित बनेको छ । क्याम्पसमा फर्जी बिद्यार्थी भर्ना गरेको भन्दै एमाले निकट अनेरास्वबियुका बिद्यार्थीहरुले ७ दिन अगाडी ताला ठोकेका थिए ।

बिभिन्न चरणमा भएका बार्ताहरु पनि निष्कर्षहीन बन्न पुग्दा निर्वाचन लगायत क्याम्पसका हरेक गतिविधि ठप्प बनेका छन ।

क्याम्पसमा बनाइएका निर्वाचन समितिका अधिकृत हेमन्त घिमिरेले क्याम्पसमा तालाबन्दी खुल्न नसक्दा मतदाता नामावली प्रकाशन देखी हरेक कामहरु ठप्प भएको कारण निर्धारित मिति फागुन १८ मा निर्वाचन नहुने बताउदै बिद्यार्थी संगठनहरुलाइ सहमतीमा गएर क्याम्पसको गतिरोध बन्द गर्न आग्रह गरे ।

क्याम्पसमा बिद्यार्थी संगठनहरु बिच भएको एक बैठकले यही फागुन ६ गते प्रथम बर्षको तथा फागुन १० गते सम्म अन्य तहका बिद्यार्थीहरुको कार्यालय समय भित्र भर्ना गर्ने निर्णयानुसार भर्ना नभएको भन्दै अनेरास्वबियुले तालाबन्दी गरेको हो । अनेरास्वबियुले अन्य संगठनले क्याम्पस समय भन्दा पछाडी समयमा बिद्यार्थी भर्ना गरेको आरोप लगाएको छ ।

तर नेबिसंघले भने कार्यालय समय भित्रै आफुहरुले बिद्यार्थी भर्ना गरेको भन्दै अनेरास्वबियुको कडा प्रतिबाद गर्दै आएको छ ।

क्याम्पसमा ताला लागेपछि टाढा टाढाबाट कोठा भाडामा बसी पढ्न आएका बिद्यार्थीहरु अन्यौलमा परेका छन । उनीहरु चुनाव सकिएपछि मात्र क्याम्पसमा फर्किने भन्दै घर तर्फ लाग्न थालेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.