प्रवास : दिल बहादुर घर्ती बचाउ अभियानका लागी युएईबाट ५ लाख ६३ हजार ५६ रुपैया सहयोग !

खिमलाल पाण्डे, युएई २०७५ असार २४ ८ जुलाई २०१८ रोल्पा धवाङका दिल बहादुर घर्ती बचाउ अभियानका लागी अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईले संकलन गरेको रकम ६ जुलाई २०१८ शुक्रबारका दिन युएईको बरदुबई स्थित सिल्भर स्पोन रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरि सार्बजानिक गरेको छ ।

धन कमाउने आशामा साउदी अरेबिया पुगेका रोल्पा धवाङका घर्तीको सपना साकार हुन सकेन ।साउदी पुगेको छोटो समयमै घर्तीले चलाएको ट्रक दुर्घटना हुदा एक स्थानिय नागरिकको ज्यान गएको थियो। सडक दुर्घटनामा स्थानिय नागरिकको मृत्यु भए पछि ब्लड मणि बापत मृतकका परिवारले आधा करोड भन्दा बढी झन्डै ६५ लाख नेपाली रुपैया बराबरको रकम माग गरे पछि उक्त रकम पुरा गर्न नसक्ने भए पछि संस्थाले आर्थिक सहयोग अभियान चलाएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईका प्रेस सल्लाहकार केबी गुरुङ्ले उक्त कार्यक्रममा जानकारी दिएका थिए ।

संस्थाले चलाएको दिलबहादुर बचाउ अभियानमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईले ५ लाख ६३ हजार ५६ रुपैया संकलन गरेको आर्थिक संयोजक दिलाराम ओलीले बताएका छन् ।

आपतविपत परेको बेला सहयोग गर्ने उद्देश्यले स्थापना भएको सामाजिक संस्था रोल्पाली सेवा समाजले बिगत ३ बर्ष देखि साउदी जेलमा कैदी जिबन बिताइरहेका धवाङका घर्तीको लागि रोल्पाली समाजले बृहत अभियान चलाएको उद्दार अभियानका आर्थिक संयोजक दिलाराम ओलीले बताए।

कार्यक्रममा आर्थिक संयोजक ओलीले दिएको जानकारी अनुसार दिलबहादुर बचाउ अभियानलाई युएईमा कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबाट सोचे भन्दा पनि राम्रो सहयोग पाउनुको साथे बिभिन्न देशमा कार्यरत रोल्पालीहरुले समेत सक्दो सहयोग गरेको बताएका थिए। उनका अनुसार रोल्पाली सेवा समाजले रकम सार्बजनिक गरे लगतै दिल बहादु बचाउ अभियानलाई युएईबाट समापन गरेको अभियानका आर्थिक संयोजक दिलाराम ओलीले बताए । युएई बाट संकलित रकम छिट्टै नेपाल पठाउने तयारी रहेको समेत ओलीले जानकारी दिए ।

दिल बहादुर बचाउ अभियानका लागि संसारभरबाट विभिन्न संघ संस्थाहरु लागी परेको र आबश्यक रकम पुरा भएको अनुमान गरिएता पनि केहि संस्थाहरु मार्फत रकम आउन बाकिरहेको आर्थिक संयोजक ओलीले बताए।

उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल, उपाध्यक्ष लक्ष्मण खनाल, सदस्य खिमलाल पाण्डे र पोष्टपाटी मिडियाबाट पृथीछक बुढाको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको घोषणा कार्यक्रम संगै पत्रकार सम्मेलन भएको थियो ।

त्यस्तै गाडी दुर्घटनामा परि खुट्टा गुमाएका रोल्पा सुनिल स्मृति हरिगाउका बिजय सुनारलाई समाजले उपचार स्वरूप रु १० हजार सहयोग गरेको छ । सुनारको आर्थिक स्थिति निकै कम्जोर भएका कारण उपचार गर्न नसक्ने भए पछि आर्थिक सहयोगका अपिल गरेको हुनाले उक्त रकम सहयोग गरेको समाजले जनाएको छ ।उक्त सहयोग घोषणा सभा तथा पत्रकार सम्मेलन कार्यक्रम बीच उनकै गाउले महेश सेतिमहरलाई हस्तान्तरण गरिएको केबी गुरुङ्ले बताए ।

उक्त कार्यक्रम संचालन संस्थाका महासचिब कुमार केसीले गरेका थिए भने अध्यक्षता कृतिमान पुनको रहेको थियो । त्यस्तै प्रमुख अतिथि संस्थाका सल्लाहकार राम कृष्ण केसीको रहेको थियो भने बिशेष अतिथिमा एनआरएनए आइसीसी सदस्य चित्र बहादुर केसी, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईका प्रेस सल्लाहकार केबी गुरुङ, प्रदेश नं ५ सम्पर्क समितिका अध्यक्ष राजु खड्का, पाँच नम्बर प्रदेश सम्पर्क समिति सल्लाहकार चन्द्र सारु मगर, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईका सल्लाहकार देवराज ओली, नेपाल पत्रकार महासंघ शाखा युएईका अध्यक्ष भुपराज बस्यालको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *