सिवाईसी साकोस उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सम्मानित !

बागलुङ २०७५ असार २४ । ९६ औं अन्तराष्ट्रिय सहकारी दिवस, २४ औं संयुक्त राष्ट्र संघ अन्तराष्ट्रिय सहकारी दिवस र राष्ट्रिय सहकारी महासंघको २५ औं स्थापना दिवसको अवसर पारी कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्रलाय, राष्ट्रिय सहकारी महासंघ र संयूक्त राष्ट्र संघ (यु.एन.डि.पी) नेपालको संयुक्त आयोजनामा “दिगो समाज र सहकारी” भन्ने मुल नाराका साथ काठमाडौमा आयोजित एक कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सम्मान गरिएको छ ।


संस्थालाई सहकारी व्यवसायको माध्यमद्धारा सदस्यहरुको आर्थिक सामाजिक तथा सास्कृतिक उत्थानमा योग्दान पु-याए बापत नेपालको सहकारी आन्दोलनको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले उक्त पुरस्कार तथा सम्मान प्रदान गरेको सिवाईसी बागलुङले जनाएको छ ।

उक्त पुरस्कार कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेललाई प्रदान गरेका थिए ।

कार्यक्रममा विभिन्न विधामा देशभरबाट उत्कृष्ट सहकारी संस्थाहरुलाई पुरस्कृत गरिएको थियो । सोही क्रममा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङलाई राष्ट्रिय सहकारी महासंघले सदस्य संघहरुको व्यवस्थापकीय क्षमता अभिबृद्धिका लागि सहकारी संघ सुदृढिकरण तथा पुर्नउत्थान कार्यक्रम अन्तर्गत एक थान कम्प्यूटर हस्तान्तर गरेको थियो । प्रमुख अतीथी मन्त्री खनालव्दारा प्रदान गरिएको कम्पयूटर संघका सञ्चालक चीनीमाया कालाले ग्रहण गर्नुभएको थियो । सोही क्रममा देशका विभिन्न १० वटा संघहरुलाई एक÷एक थान कम्प्युटर हस्तान्तरण गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *