असारे मेलाको चौथो दिन पुरुष भलिबलका दोस्रो चरणका खेल र धनुषबाण खेल सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला @)&% असार २३ . आसारे युवा क्लब को आयोजना मा ताराखोला मा संचालित असारे मेला को आज चौथो दिन पुरुष भलिबल का दोस्रो चरण का खेल र धनुबाण खेल सम्पन्न भएको छ । ३९ टिम को सहभागीता रहेको खुल्ला वडास्तरिय पुरुष भलिबल प्रतियोगिता मा रुस्दी युवा क्लब हरिचौर, ग न पा २ नरेठाटी , शिध्द भैरब फर्निचर उध्योग हरिचौर , प्रगतिशील युवा क्लब किम्चौर म्याग्दी , असारे युवा क्लब तारा, होलि पूर्णिमा युवा क्लब तारा लाबाङ, देउराली युवा क्लब हिल, ताराखोला गा पा ३ हिल ,भदौरे मेला ब्यबस्थापन समिती अर्गल सिले र नबज्योती युवा क्लब मल्म तेस्रो चरण मा प्रबेश गरेका छन ।

त्यसै गरि १२ समूह को सहभागीता रहेको धनुषबाण प्रतियोगिता मा निश्कोट म्याग्दी प्रथम र होलि पूर्णिमा युवा क्लब तारा ले दित्तिय स्थान हासिल गरेका छन । भोलि पुरुष भलिबलका बाकी खेलहरु , महिला भलिबल र दोहोरी गLत प्रतियोगिता संचालन संगै राष्ट्रिय कलाकार हरु वसन्त थापा, खिमा रोका र खगेन्द्र बिश्वकर्मा को साङ्गLतिक प्रस्तुती रहने आयोजक ले जनाPको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *