खर्वाङमा पनि मगर दिवस मनाईयो !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७३ फागुन १६ । नेपाल मगर संघको ३५ औं स्थापना दिवसको अवसरमा आईतवार दगातुन्डाडा गाविस खर्वाङमा पनि कार्यक्रम भएको छ । मगर दाजुभाई तथा दिदिवहिनीहरु मगर एकताका नारा लगाउँदै गिरिङ्दी देखि खर्वाङ सम्म र्याली निकालेका थिए भने र्याली पछि कोण सभा भएको थियो ।

कोण सभाको सम्बोधन गर्दै नेपाल मगर संघ जिल्ला समिति बागलुङका सदस्य शंकर पुनले कला संस्कृतिको संरक्षण गर्नुपर्ने वताएका थिए ।

कार्यक्रममा नेपाल मगर संघ दगाका पूर्व अध्यक्ष क्याप्टेन गन वहादुर श्रीस, सिवाईसि खर्वाङ शाखाका दयाराम थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाल मगर संघका पूर्व जिल्ला सदस्य चित्र वहादुर पुनको अध्यक्षता, कोषाध्यक्ष राधा थापाको स्वागत मन्तव्य तथा आदिवासी जनजाती महासंघ दगातुन्डाडाका कोषाध्यक्ष टंक भुजेलको संचालनमा सम्पन्न भएको थियो ।

राजेन्द्र कुँवरको अध्यक्षता, निसीखोला गाउँपालिका ईन्चार्ज प्रेम घर्तीको स्वागत र ढोरपाटन नगरपालिका सहईन्चार्ज चन्द्र अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *