महिलाहरुका लागि पांच दिने नेतृत्व विकास तथा वाक कला तालिम सम्पन्न

निर्मल पौडेल पर्वत २०७५ असार २३ । कुश्मा नगरपालिका ७ को आयोजना तथा सामुदायिक रेडियो कुुसुम ९० मेगाहर्जको समवन्यमा महिलाहरुका लागि पांच दिने नेतृत्व विकास तथा वाक कला तालिम एक समारोहका विच सम्पन्न भएको छ । असार १८ गते देखि संचालित उक्त तालिममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी महिला तथा वालवालिका विकास कार्यलयका महिला विकास अधिकृत सीता थापाले महिलाहरु सशक्तीकरण भए सिंगो मुलुक नै सवल हुने वताईन । तालिम सिकेर मात्रै उपलव्धि नहुने भन्दै तालिममा सिकेका कुराहरु जिवनमा प्रयोग गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा वोल्दै कुश्मा नगरपालिका वडा नं ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले महिलाहरु परिवर्तनको संवाहक हुन भन्दै समाज,परिवर्तन,जागरणका लागि अग्रसर हुन आग्रह गरे ।

कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फवाट दिपा पुरी, ज्ञानु शर्मा, सरस्वती शर्माले वोलेका थिए भने वडाका सदस्य पर्शुराम पुरि, कमला श्रेष्ठले आफनो भनाई राखेका थिए ।

कुश्मा नगरपालिका वडा नं ७ का अध्यक्ष सुवासचन्द्र पौडेलको अध्यक्षतामा सपन्न भएको थियो । तालिममा राजेन्द्र पाहडी, गणेश पौडेल, तारानाथ आचर्य, कृष्ण अखेली र अर्जुन थापाले सहजिकरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *