मध्य पहाडी लोकमार्ग खन्दा काठेखोला ५ का रामप्रसादको घर गोठ नै जोखिममा !

भरत सापकोटा, २०७५ असार २२ । बागलुङ जिल्लामा बर्षा सुरु भएसंगै बिभिन्न ठाउँमा पहिरो जाने जमिन भाषिने जस्ता प्रकोपहरुले बागलुङबासिलाई सताई रहेको छ । काँठेखोला गाउँपालिका वडा ५ ठुलाढुङ्गा निवासी रामप्रसाद कडेंललाई अहिले यस्तै समस्याले पिरोलेको छ । मध्य पहाडी लोकमार्ग खन्न यस क्षेत्रमा सुर्यकन्ट्रकस्नले लिईएको निर्माण कार्य मन्द गति भएपनि यस कन्ट्रक्सनले यस क्षेत्रमा सडक फराकिलो र ठुलो बनाउने भन्दै जोखिमयुक्त ठाउँ नहेरिकन ठुला ठुला डोजर स्काभेटरहरु चलाउदा यस क्षेत्र जमिन निकै नै हल्लिएको र गत असार ११/१२ बाट पर्न थालेको बर्षाले उक्त जमिन बग्न र भाषिन थालेपछि आफै थला परेका रामप्रसादलाई यहि समस्याले पिरोलिरहेको छ।

उनि आफैमा बिरामी छन् त्यसैमा घरै अगाडिबाट रात भरि पहिरो झर्छ अनि कसरी निदाउने ? हामीलाई भनेअनुसार न ठेकेदारहरुले ग्याविन नै चिनेका छन् सामान्य खालको वाल लगाईदिएर मात्र कसरी पहिरो थामिनु ? हामीले भनेको कस्ले सुनिदिने राम प्रसादले भावुक हुदै भने, मोटर बाटो र भुकम्पले थिला थिला भएको जमिन हिजो आजको बर्षा बग्न थालेपछि कता घर गोठ संगै हामिलाई नै बगाउने हो भन्ने चिन्ताले सताएको छ कस्लाई सुनाउ मनको बेथा ? गत असार ११/१२परेको बर्षाले बिहुँ काउले जमिन भाषिए पछि राहात वितरण गरेर फर्कने क्रममा वडा अध्यक्ष शिव प्रसाद कडेंलको रोहबर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एस्पि दिपक रेग्मि बिच आफ्नो गुनासो राखेको सो अवसरमा सुर्य कन्ट्रस्कसन का पद्धादिकारीहरुलाई भेटेरै मानविय क्षति नहुदै यस क्षेत्रमा बग्न लागेको पहिरो लाई ब्यबस्थापन गर्न निर्देशन दिईएको र स्थानिय प्रसासंन लाई मुजुल्का बनाई पठाउन आग्रह गरेको वडा अध्यक्ष कडेंलले बताएका छन्। तर त्यस पछि झन झन पहिरो बगेर आगन नजिकैको भाग बस्न थालेको छ ट्वाईलेट चर्कियो न सम्बनधित निकायले चाँसो देखाए न सडक ठेकेदारले वास्ता नगर्दा ढने चिन्ताले सताउन थालेको उनको भनाइ छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *