बडीगाडको सिसाखानीमा तनि दिने उद्घोषण तालीम सुरु

कमल पौडेल, खर्वाङ २०७५ असार २२ । बडीगाड गाउँपालिका ३ सिसाखानीको आयोजना रेडियो सारथीको समन्वयमा तीन दिने उद्घोषण तालीम आज सुरु भएको छ ।

तालीमको उद्घान तत्कालीन सिसाखानी गाविसका पूर्व अध्यक्ष दिलबहादुर पुनले गरेका थिए । उद्घाटन कार्यक्रममा सिसाखानी माबिका प्रअ होम घर्ती, बिव्यसका अध्यक्ष नरबहादुर पर्तेल, सिसाखानी स्वास्थ्य चौकीका प्रमुख भक्त श्रीसले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको अध्यक्षता झममायाँ काउचाले गरेकी थिईन भने स्वागत मन्तव्य पत्रकार कमल पौडेलले गरेका थिए भने सन्चालन हेम विश्वकर्माले गरेका थिए ।

तालीम वडा न ३ भित्रका संघसंस्थाका अध्यक्ष र सचिव सहित ५० जनाले तालीम लिईरहेका छन् । तालीमको समापन पर्सी हुने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *