प्रजिअ पाण्डे सहित कार्यालय प्रमुखको टोली, बुर्तिबाङ गाविसबाट सम्मानित !

कृष्ण कँडेल, बुर्तिबाङ २०७३ फागुन १६ । ३५ औँ मगर दिवसका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई अभिनन्दन गरिने कार्यक्रमको सिलसिलामा आवश्यक सुरक्षा सतर्कता लगायत विषयका लागि बुर्तिबाङ आएका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, स्थानिय विकास अधिकारी रामप्रसाद आचार्य, प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ, नेपाली सेनाको अर्जुनदल गणका गणपति अच्युतम भण्डारी, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जीवनकुमार शाक्य लगायतको टोलीलाई बुर्तिबाङ गाउँ विकास समितिले आईतवार दोसल्ला ओढाएर स्वागत सम्मान गरेको छ ।

सम्मानित भएपछी प्रजिअ पाण्डेले गाविस कार्यालयबाट हुने कार्यसम्पादन नागरिकका सरोकारसँग जोडिने भन्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

सो अवसरमा स्थानिय राजनितिक दलका नेता, बुर्तिबाङ नगरविकास समितिका अध्यक्ष, महिला समन्वय समितिका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम गाबिस सचिव पौडेलको अध्यक्षता र कार्यालय सहायक चुडामणी भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.