महिना दिनमै आमा-बाबा खोस्यो दैवले, बेसाहार बने छोरा-छोरी : कता छन् संघ संस्था ? कुन कुनामा छ स्थानीय सरकार ?

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७५ असार २२ । सामाजिक सेवाको लागी काम गर्छौ भन्ने संघ संस्था क्लब, आमासमुह कसैले गर्दैन यस्ता कामको उद्धारमा पहल । के हेर्छ स्थानीय सरकार ? समाजमा अभिभावक विनाको जिन्दगी परिकल्पना गर्न सकिदैन जसको सहयोगले साथले बालबालिकाको छोराछोरीको सुन्दर भविष्य निमार्ण गर्ने लक्ष्य हुन्छ । तर त्यही ताराखोला गाउँपाललिका वडा ३ हिल बराहखोलामा यस्तै दुखद घटना भएको छ ।

बराहखोलाका एक परिवारको चुलो निभेको छ । जब जेठ ११ गते एक अधवैशै महिला मिना बगालको लामो समय विरामी परी निधन भयो । उनको उपचारको लागी भएको केही रकम र खोजी गरि उपचार गराएको पारिवारिक स्रोतको भनाई छ । यसरी पीडा र शोकमा परेका कक्षा १० मा अध्यनरत भावना बगाले, कक्षा ७ मा अध्यनरत दिलिप बगाले मनोज बगाले आमाको न्यानो काखबाट खोसिएको आँखा ओभानो हुन नपाउदै पेmरी अर्को बज्रापात भयो । सहारको रुपमा लिदै आएको बाबा गोविन्द बगालेको पनी श्रीमतीको निधन पछी महिना दिनमा घर नजिकै चिप्लेर ढुङगामा परि निधन भयो । यसरी परिवारमा बज्रपात भयो । कक्षा १० मा अध्यनरत छोरी पीडाले पटक पटक बेहोस हुने गरेको बराहखोलाका भूपनारायण बगालेले ईबागलुङलाई जानकारी दिए ।

उनीहरुको परिवार ठुलो आकारको भएकोले ५ बर्ष पहिलेनै छुट्टिएर बसेका थिए । अहिले त्यही घरमा नाती नतिनाहरुको हेरचाहको लागी बाजे बजै आएर बसेका छन् । परिवारको आर्थिक स्रोत नभएको आमा र बाबा नै यो भौतिक जगतमा नरहेपछी निर्दोष बालबालिकाको विचल्ली भएको छ, भने भविष्य अन्धकारतर्फ जाने निश्चित छ ।

यसरी यो पीडा र दुख त कसैले बाढ्न नमिल्ला तर ती बालबालिकाको उज्वल भविष्य निमार्णको लागी शिक्षा र स्वास्थ आवासको व्यवस्थापनको लागी सहयोगी मनहरुको आवश्यकता देखिएको छ । उनीहरुको केही राहतको लागी भुपनारायण बगालेको अनुरोधमा मृतक मिना बगालेको भेना दिर्घ घर्तीलाई जापनामा सहयोग रकमको अपिल गरिरहेका छन् । ताराखोलाका जापानका कार्यरतहरुले यस भन्दा पहिले ताराखोलाकै रामु गौतम बचाउ अभियान चालेकोले त्यहा पनी सहयोगी मन पाउन मुस्किल जस्तो देखिन्छ । तैपनी केही महान सहयोगी मनहरुले रकम संकलनमा साथ दिएको पाईन्छ ।

सहयोग रकम संकलनम दिगै घर्ती र लिल शंकरले पहिल गरिरहेको जानकारी छ । सहयोग रकमा १२१७० ५७९९६०८१मा जम्मा गर्न सकिन्छ ।
यसरी समाजमा हरेका किसीमका समास्याहरु आई पर्दा समाजिक विकासको लागी भनिने सस्थाहरु आमा समुह ,क्लब तथा स्थानीय सरकारहरुले कुनै पहल गरेको पाईदैन । यस्ता समस्याहरुकोलागी स्थानीय सरकालेपनी कुनै पहल गर्नु जरुरी छ । यस अगाडी पनी रामु गौतम, तथा विभिन्न यस्ता विपतमा रहेको व्यतिहरु धेरै छन तर स्थानीय सरकारले के कति चासो दिएको छ यसको मुल्यांकन हुने समय आएको छ । विपत व्यवस्थापनको रकम कस्ता स्थानमा प्रयोग गर्ने यो ध्यान जाओस स्थानीय सरकार । नत्र सबै विपतमा सधै प्रवासी नेपालीको पसिनाले मात्र पीडकको आँसु पुछ्न गाँह्रो होला, यस्ता काममा विभिन्न संघसस्थालाई सक्रिय बनाउन स्थानीय सरकारले पनी पहल गर्न जरुरी देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *