ताराखोलामा असारे मेला जारी, पुरुष भलिबल मा ३५ टिम सहभागी !

पूर्ण भद्र निउरे ताराखोला २०७५ असार २२ । ताराखोलामा परंरागत रुपमा मनाउदै आएको असारे मेला जारी छ । भौगोलिक तथा जातिय बिबिधता , खेलकुद कला र सस्कृतीको संरक्षणमा हाम्रो सहभागीता भन्ने मुल नाराका साथ स्थानीय असारे युवा क्लबको आयोजना र ब्यबस्थापनमा संचालित असारे मेलाको पहिलो दिन खुला वडा स्तरीय पुरुष भलिबलको पहिलो चरणका ७ खेल हरु सम्पन्न भएको खेल संयोजक सुमन रोकाले जानकारी दिए । रोकाका अनुसार ३५ समूहको सहभागिता रहेको खेलमा विपक्षीलाई पराजित गर्दै देउराली युवा क्लब हिल, द रियल टाइगर ग्रुप भुस्कात ,योङ रेड फोर्स ताराखोला, बिसौना बाल बिकास केन्द्र संरक्षण समिती तारा, होलि पूर्णिमा युवा क्लब लाबाङ, असारे युवा क्लब र प्रगतिशील युवा क्लब किम्चौर म्याग्दी दोस्रो चरण मा प्रबेश गरेका छ्न ।

मेलाको अबसर मा खुल्ला पुरुष भलिबल संगै महिला भलिबल , लोक दोहोरी गीत , धनुषबाण ,महिला तथा पुरुष रस्सा कस्सी जस्ता प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको क्लब का सचिब कमल घर्तीले जानकारी दिए ।

प्रतियोगितात्मक कार्यक्रम संगै राष्ट्रिय कलाकार वसन्त थापा, गायिका खिमा रोका र गायक तथा सर्जक खगेन्द्र बिश्वकर्माको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रम को औपचारिक समुद्घाटन भोलि असार २३ गते ढोरपाटन नगरपालिका का प्रमुख देब कुमार नेपालीले गर्ने कार्यक्रम छ ।

को पोखरा पन्छी समाजका महासचिव हेमन्त ढकालले बताए । नेपालमा हालसम्म ८ सय ८७ प्रजातिका चरा पाइएको रेकर्ड छ । यिनमा पोखरा उपत्यकामा ४ सय ६३ प्रजाति पाइने रेकर्ड भएको महासचिव ढकालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *