गादीखोला-तीनखेत जोड्ने पुलको उद्घाटन : विकासको आधारभूत आवश्यकता नै पहिलो प्राथमिकता- घर्ती

कुसुम मल्ल, बुर्तिबाङ २०७५ असार २१ । ढोरपाटन नगरपालिका—६ को गादीखोला र तिनखेत जोड्ने झोलुङ्गे पुलको आज एक समारोहकाबीच उद्घाटन गर्दै प्रमुख अतिथी प्रदेश सांसद टेकबहादुर घर्ती मगरले विकासका आधारभूत कुराहरुमाथि आफ्नो पहिलो प्राथमिता रहने बताए ।

बागलुङको पश्चिम क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक सञ्जालको विस्तार र विकासमा आफ्नो तर्फबाट सक्दो पहल कदमी हुने उनले विश्वास दिलाए । गादीखोला, चामिदुवार, खानी हुँदै पर्यटकीय क्षेत्र ढोरपाटन सम्मको सडक विस्तारलाई विकास गर्न पनि आवश्यक रहेको उनको भनाई थियो ।

सो पुलको निर्माण भएपछि स्थानीयलाई वारपार गर्न सहज भएको छ । वि.स. २०७३ साल साउन १० र ११ गते चामिदुवार खोलामा आएको बाढीले क्षती पु¥याएको उक्त पुल २ बर्षपछि पुननिर्माण भएपछि त्यस क्षेत्रका आधा दर्जन गाउँका स्थानीयहरुलाई आवत जावतमा सहज भएको हो ।

त्द्यक्ग्रच्त्ब्ए पोखराको आर्थिक तथा प्राविधिक सहयोग र भिमापोखरा युवा क्लव (बिवाइसी) बागलुङको व्यवस्थापनमा निर्माण सम्पन्न गरिएको ११० मिटर लामो उक्त पुलको लागत ३९ लाख ३९ हजार ८३९ रुपैयाँ रहेको छ । जसमा १५ प्रतिशत आर्थिक सहयोग ढोरपाटन नगरपालिकाले गरेको निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले ईबागलुङलाई जानकारी दिए ।

गत चैत महिनाको पहिलो हप्ताबाट निर्माण शुरु गरिएको पुल सम्पन्न भएपछि गादीखोला तथा ओख्रनीका विद्यार्थीहरुलाई जोखिम मोलेर विद्या विकास माध्यमिक विद्यालमा जानुपर्ने बाध्यता हटेर गएको छ भने त्यस क्षेत्रका भण्डारीगाउँ, कुदुम, पानीपोखरा, तिनखेत, चामिदुवार र खानीका स्थानीयहरुलाई आवतजावत गर्न समेत सहज भएको छ । पुलले ढोरपाटन आवतजावतमा पनि सहजता ल्याएको स्थानीयहरुको भनाई छ । समयमै पुल नबन्दा त्यहाँका स्थानीयहरु बाढीले जीर्ण बनाएको पुरानै पुलबाट जोखिम मोलेर वारपार गर्नुपर्ने अवस्था थियो ।

कार्यक्रममा वडा नं. ६ का वडाअध्यक्ष जीवनकुमार पुन, वडा नं. ७ का वडा अध्यक्ष दीपक थापा, भिमापोखरा युवा क्लव (बिवाइसी) बागलुङका सामाजिक परिचालक प्रेम केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वडाका जनप्रतिनीधिहरु, शिक्षक, समाजसेवी तथा बुद्धिजीविहरुको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रम गादीखोला—तिनखेत झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाको अध्यक्षता, दुर्गाबहादुर भण्डारीको स्वागत मन्तव्य र उमेस पुनगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *