जनताप्रति उत्तरदायी बनेर जनताको मुहारमा मुस्कान ल्याउने तरिकाले काम गर्छु – नगरप्रमुख गैरे

जनताको चाहना, ईच्छ्रा, आंकाक्षालाई ध्यानमा राखेर बजेट बिनियोजन गरिने उपप्रमुख काउचाको स्पष्टोक्ति !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार २१ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जनताको पसिना पुछ्ने तरिकाले बजेट बिनियोजन गर्ने बताएका छन् ।

नगरप्रमुख गैरेले नगरपालिकामा बिषयगत समितिको छलफलका क्रममा बौल्दे नगरपालिकाले प्रस्तुत गर्ने रकम जनताको पसिना भएको भन्दै, जनताको मुहारमा मुस्कान ल्याउने तरिकाले काम गर्ने बताएका हुन् । आफुहरु जनताले जिताएको जनप्रतिनिधि भएको हुदाँ कुनै पार्टी, ब्यक्ति, संस्था प्रति उत्तरदायि नभएर जनताप्रति उत्तरदायी बन्ने गैरेको भनाई थियो ।

सो अवसरमा नगरउपप्रमुख रेनुका काउचा मगरले नगरपालिकाले जनताको चाहना, ईच्छ्रा, आंकाक्षालाई ध्यानमा राखेर बजेट बिनियोजन गर्ने बताईन् ।
कार्यक्रममा नगरपालिकाका शाखा अधिकृत प्रदिपचन्द्र सुवेदीले बिषयगत समितिलाई योजना समावेश गर्दा ध्यान दिनुपर्ने कुरा, प्राथमिकता, आधार लगायतका बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुलाई अघिल्लो आर्थिक बर्षमा काम गर्दा देखा परेका समस्या र आगामि आर्थिक बर्षमा कस्ता खाले योजना समावेश गर्न सकिन्छ भन्ने बिषयमा बिचार संकलन गरिएको थियो ।

सो अवसरमा १ नं वडाका अध्यक्ष नेत्र बुढाथोकीले साना योजना भन्दा ठुला योजनाहरुलाई प्राथमिकता दिनुपर्ने बताए । वडा २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले दिर्घकालीन र वडा भित्रको सम्भावनाको बिषयलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए भने वडा ३ का अध्यक्ष वीरजङ भण्डारीले अधिल्लो आर्थिक बर्षमा कृषि, पशु तर्फको बजेट सहि तरिकाले बिनियोजन नभएको भन्दै यस बर्ष अन्य बजेट सरह समावेश गनुपर्ने भनाई राखेका थिए । वाड नम्बर ४ का अध्यक्ष बल बहादुर खत्रीले पुर्वाधार तर्फ मोटरबाटो निर्माण ब्यवस्थित तरिकाले निर्माण गनुपर्ने बताए ।

यसैगरी वडा नं ५ का वडा सदस्य कमला ढकालले साना योजना बढि हुदाँ उपभोक्ताहरुलाई काम गर्न समस्या देखिएको र यस बर्ष देखि ठुला खालका योजना समावेश गनुपर्ने बताईन । वडा ६ का वडा सदस्य भिम बहादुरले मोटरबाटोलाई प्राथमिकता हेरेर मात्रै बजेट गनुपर्ने भनाई राख्दै उनले । नगरभित्रका सम्पुर्ण कृषकहरुमा समस्या बुझेर सोहि अनुसारको काम गनुपर्ने सल्लाहा दिएका थिए ।

वडा नम्बर ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाले कृषि, शिक्षा, स्वास्थ सम्बन्धि कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए भने ८ का अध्यक्ष रामप्रसाद कडेलले अघिल्लो आर्थिक बर्ष देखिने काम नभएपछि बिस्तारै स्थानियले त्यसको प्रतिफल पाउने बताए । उनले ठुला योजना समावेश गर्न सके बिकासले फड्को मार्ने पनि बताए ।

९ का अध्यक्ष तेज बहादुर थापाले साना साना योजनाहरु भए स्थानियका अधिकांश योजना समावेश गर्न सजिलो हुने भनाई राखे भने १० का अध्यक्ष तिलक घर्तिले साना साना योजनाहरु गाउका क्लब, आमा समुहले गर्न सक्ने भन्दै यस्ता योजनाहरु नगरपालिकामा समावेश गर्न नहुने बताए ।

सो अवसरमा नगरकार्यपालिका सदस्य बिष्णु बिक, नारायण नेपाली र चन्द्रकली अधिकारीले महिलाका क्षेत्रमा अघिल्लो आर्थिक बर्षमा कम बजेट परेको भन्दै यस बर्ष सम्बोधन गर्न आग्रह गरेका थिए । कार्यक्रममा केहि वडा अध्यक्षहरु अनुपस्थित रहेका थिए ।

सो अवसरमा आपसी छलफल पछि बिभिन्न बिषयगत समितिका संयोजक र सदस्यहरु समुह समुहमा बिभाजन भई आफनो समितिको योजना प्राथमिकताका बिषयमा छलफल गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *