पत्रकार रानाको उपचारका लागि जापानमा रकम संकलन

जापान २०७५ असार २१ ।।पत्रकार बिजय रानाको उपचारका लागि जापानमा पनि रकम संकलन गरिएको छ । जापान नेपाली एकता समाज ओसाकाले रानाको उपचारका लागि रकम संकलन गरेको हो ।

पत्रकार राना ए–प्लाष्टिक एनोमिया रोगका कारण उपचारमा रहेको र उपचारका लागि रकमको अभाव नहोस भनि रकम संकलनमा जुटेको सचिव मेघराज सापकोटाले जानकारी दिए ।

एकता समाज ओसाका, सचिव सापकोटा र केन्द्रिय सचिव तेजेन्द्र क्षेत्रीको पहलमा हालसम्म जापानिज ४५ हजार यन संकलन भएको र अभियान जारी रहेको सापकोटाले बताए । हाल सम्म एकता समाजका अध्यक्ष कमल कार्कीवाट ३ हजार १ सय, सचिव मेघराज सापकोटा, उमेश थापावाट ३÷३ हजार, बिष्णु केसीवाट २ हजार १ सय, तेजेन्द्र क्षेत्री, यमलाल सापकोटा, हेमलाल गौतम, केसव सापकोटा, भिम केसी, दिलिप शर्मा, नारायण केसी, गोम बुढाथोकी, गंगा कडेल, प्रेम थापावाट २÷२ हजार, लक्ष्मण कार्कीवाट १ हजार १ सय ११, दुर्गेश कार्की, दिपक केसी, मिलन शर्मा, रहमत अलि, टंक थापा, गोपाल सापकोटा, दिवाकर शाक्य, बिपिन सापकोटा, बेल बस्नेत र मनबहादुर थापावाट १÷१ हजार जापानि यन संकलन भएको उनले बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *