लैङ्गिक बिभेद र सामाजिक समावेशिकरण सम्बन्धि २ दिने तालिम सम्पन्न

गुमानसिँह भण्डारी गल्कोट २०७५ असार २१ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र गल्कोट नगरपालिकाको सयुक्त आयोजनामा नगरपालिका भित्रका कर्मचारीहरुका लागी लैङ्गिक बिभेद र सामाजिक समावेशिकरण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । कार्यक्रममा गल्कोट नगरपालिका भित्रका २५ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भरत शर्मा गैरेले सरसफाईले मानिसलाई सभ्य बनाउने भन्दै सरसफाईतर्फ बिशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा महिलाहरुबिचको बिभेद, सरसफाई, शौचालयको प्रयोग, मानिसले पाउने अधिकार लगायतका बिषयमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका बिकास बिज्ञ संगिता खड्का र गल्कोट नगरपालिकाका शाखा अधिकृत प्रदिपचन्द्र सुवेदीले सहजिकरण गरेका थिए ।

कार्यक्रम नगरउपप्रमुख रेनुका काउचा मगरको अध्यक्षता, प्रमुख प्रसासकीय अधिकृत कृष्णराज गौतमको स्वागत मन्तब्य र चिन्तामणी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *