सदरमुकाम स्थित आवासीय विद्यालयका छात्राबासहरुको निरीक्षण :
बाल कल्याणका आँखाले देख्यो, सुत्ने कोठाका भित्ताभरी उडुस मारेको रगतका टाटा !

बागलुङ २०७५असार २१ । जिल्ला बालकल्याण समितिले बिहीबार बिहान जिल्ला सदरमुकाममा रहेका केहि आवासीय बिद्यालयका छात्रबासहरुको निरीक्षण अवलोकन गरेको छ । आज निरीक्षण गरिएका छात्रबासहरुमा फ्यूचर ब्राइृटर, कालीगण्डकी, आदर्श बिद्यामन्दिर, चिल्ड्रेन लाईफ आवासीय बिद्यालयका छात्राबासहरु रहेका छन् ।

बाल कल्याण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, समितिका सदस्य एवं प्रहरी उपरीक्षक दीपक रेग्मी, समितिका सदस्य शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कुस्मराज उपाध्याय, समितिका सदस्य काजी रोशन तथा महिला तथा बालबालिका कार्यालयकी प्रमुख सरस्वती देवी शर्मा सहितको टोलीले छात्रावासहरुको निरीक्षण अवलोकन गरेको श्रोतले बतायो ।

महिला तथा बालबालिका कार्यालयकी प्रमुख शर्मालाई छात्राबासहरुको निरीक्षणमा कस्तो पाउनु भयो त ? भनी ईबागलुङले जिज्ञासा राख्दा फ्यूर ब्राईटरमा ६ जना, आदर्श बिद्यामन्दिरमा ४ जना र चिल्ड्रेन लाईफको छात्रावासमा १ सय १५ जना बिद्यार्थी रहेको जानकारी दिईन ।

छात्राबासहरुमा बिद्यार्थीहरुको स्वास्थ्य, खानपिन, आवास कक्ष, डाईनिङ कक्ष, स्वच्छ खानेपानी, शौचालय आदिको अवस्था कस्तो पाउनु भयो ? भन्ने प्रश्नमा अधिकृत शर्माले एउटा छात्राबासमा धेरै बिद्यार्थी भएकाले केहि समस्याहरु देखिएको बताउदै यस सम्वन्धमा आजै ३ बजे बाल कल्याण समितिको बैठक आव्हान गरिएको छ सोही बैठकले निर्णय गर्ने जानकारी दिईन् । बैठकमा अभिभावहरुलाई पनि निम्त्याईएको पनि बताईन् ।
कस्ता समस्याहरु देख्नु भयो ? भन्ने हाम्रो प्रश्नमा शर्माले आवास कोठाहरु साना र साँघुरा, चर्पीको अभाव, खानेपानीको कमी आदि समस्याहरु भएको जानकारी दिईन् । सुत्ने कोठाहरुको भित्ताभरी बिद्यार्थीहरुले उडुस मारेको रगतका टाटाहरु देखिएको पनि उनले स्वीकार गरिन् ।

ओढ्ने ओछ्याउने लुगाहरु मैलो भएको र साँघुरा कोठाहरु हुनाले बिद्यार्थीहरुको स्वास्थ्यका लागि अनुपयुक्त रहेको र निरीक्षण गरिरहँदा उकुस मुकुस भएर अत्तालिएको समेत प्रत्यक्षदर्शीको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *